१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन सदस्यीय कमिटी गठन गरेर पाठकविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान



अ+ अ-

काठमाडौँ । घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध आयोगले अनुसन्धान थालेको छ ।

महान्यायाधिवत्ताको कार्यालयले सोमबार पाठकमाथि छानबिन गर्न सक्ने राय दिएपछि सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान सुुरु गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जनाकारी दिए ।

पठकमाथि औपचारिक अनुसन्धान सुुरु भएको जानकारी दिँदै प्रवक्ता दंगालले भने, ‘विस्तृत अनुसन्धान सुरु गरेका छौं ।’ हामीले महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर अनुसन्धान सुुरु गरेको हौं, दंगालले भने ।

नेपाल इञ्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मिलाइदिने शर्तमा उनले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि पाठकले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए ।

कसुर ठहर भए पाठकलाई ११ वर्ष कैद र ७८ लाखबराबरको सम्पत्तिसमेत जफत हुन्छ ।

भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ३ मा ५० लाखदेखि एक करोडसम्म घुस लिनेलाई ६ वर्षदेखि आठ वर्षसम्म कैद सजायको प्रावधान छ । संवैधानिक अंगका पदाधिकारीलाई थप तीन वर्ष कैद सजायको व्यवस्था छ । कसुर पुष्टि भए पाठकलाई ११ वर्षसम्म कैद हुन सक्छ ।