११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

मुलुकको गन्तव्यः गति र नियति

मुलुकको गन्तव्यः गति र नियति
अ अ+ अ-

स‌‌घीय गणतन्त्र स्थापना गर्नु मुलुकको हिजोको गन्तव्य थियो । त्यो पूरा भयोे तर अब के हुन्छ? शिखरमा उक्लनु भन्दा बढी कठिन त्यहा टिक्न हुन्छ । राजनीतिक खेलको नियम परिवर्तन गर्न नेपाली सफल भए तर, विकास एवं प्रविधिको खेलको नियम बुझ्न भने आरम्भ पनि भएको देखिदैन । प्रविधिक्रान्तिमार्फत द्गुत गतिमा कुदीरहेको समयलाई बुझ्दै अब गन्तव्यको यात्रा गर्न सुरु गर्नुपर्ने हो ।

मानववंशको आजसम्मको साढे २ करोड वर्षको जीवनविकास क्रमिक, सुस्तसुस्त एवं बोधगम्य ढंगमा हुदै आएको हो । तर मानिसले नै विकास गरेको प्रविधिले गर्दा उसकोे बौद्धिक विकास भने निरन्तर फड्को मार्दो छ । प्रविधि मानवविकासको जबरजस्त साधन भएको छ । करिब २ लाख वर्षअघि आधुनिक मानववंशको विकास भएको हो । इतिहासमा प्रविधिको विकास मानिसको सहजबुद्धिले सोचेजस्तो सरल रेखामा विकसित भइरहेको छैन, निरन्तर फड्को मार्ने एक्स्पोनेन्सियल (Exponential growth) बक्ररेखामा भइरहेको छ । प्रविधिमा आएको अकल्पनीय बक्ररेखीय परिवर्तनले राजनीतिक एवं सामाजिक व्यवस्थामा परिवर्तन ल्याएकोे छ ।

मुलुकको राजनीतिक परिवर्तनमा पनि यो एक्स्पोनेन्सियल विकासको नियम लागू हुदै आएको पाइन्छ । जहानीया राणाशासन ढाल्न १०४ वर्ष लाग्यो । पन्चायती शासन ढाल्न केवल ३० वर्षमा संभव भयो । तर, बहुदलीय प्रजातन्त्र १६ वर्षमा ढलेर गणतन्त्र आएको छ । विगतका प्रत्येक शासनव्यवस्थाको अन्त्य अघिल्लो व्यवस्थाको समाप्तीमा लागेको अवधिभन्दा कैयौ गुणा कम अवधिको ज्यामितीय अनुपात अर्थात् क्रमशः १०४, ३०, १६ वर्ष भएको देखिन्छ । अबको अर्को राजनीतिक परिर्तन हुन कति वर्ष लाग्ला?

प्रविधिविकासको द्रुतयुगमा यसै भन्न सकिन्न । तर, शिघ्रातिशिघ्र गतिशील प्रविधि अनुकूलको शासन व्यवस्था स्थापित गर्न नेपाली समाज समर्थ भएन भने बढीमा ८ वर्षसम्म टिक्ने अनुमान अधिल्ला व्यवस्थाहरुको विघटनमा लागेको अवधिबाट प्रक्षेपण गर्न सकिन्छ । यस्तो गुणात्मक ज्यामितीय अनुपातमा हुने परिवर्तनलाई गणितमा ‘एक्स्पोनेन्सियल परिवर्तन’ भनिन्छ । एक्स्पोनेन्सियल परिवर्तनले विगतको सबैखाले मान्यता, संस्था, संरचना, व्यवस्था र समाजलार्ई निरन्तर भत्काउदै, ध्वस्त पार्दै लगेको छ । यसमाथि प्रविधिको विकास डब्बल एक्स्पोनेन्सियल दरमा हुदैछ ।

प्रविधिको बलमै प्रकृतिको सूत्र, रहस्य वा ज्ञान पत्ता लाग्दैछ । सूचनाप्रविधिमा आएको क्रान्तिकारी परिवर्तनले गर्दा अन्य प्रविधिहरुको विकासमा पनि क्रान्ति ल्याइदिएकोे छ । मानवको कोषमा विद्यमान डीएनएमा हुने बंशाणु (जीन)को शृंखला (सिक्वेन्स) जसलाई पत्तो लगाउन आरम्भको वर्ष सन् १९८५ मा हजारौ वर्ष लाग्नसक्ने बैज्ञानिक अनुमानलाई तोड्दै सूचना प्रविधिमा आएको क्रान्तिले गर्दा १५ वर्षमा सन् २००० भित्रै पत्तो लगाउन संभव भयो । विश्व आतंकित पार्ने सार्स भन्ने रोगको भाइरसको जीनको शृंखला ३१ दिनमै पत्ता लाग्न सक्यो । फलस्वरुप त्यस रोगको उन्मूलन गर्न तत्काल संभव भयो । अमूक मानिसलाई नै अमूक रोग किन लाग्छ? उसको ज्ञान सिकाईको दर सुस्त वा तीब्र किन छ? उसको व्यवहार किन त्यस्तो छ ? आदि सबै उसको जीनमा भएको सफ्टवेयरले निर्धारण गरेको हुन्छ ।

जीनमा भएको सफ्टवेयरलाई जीवबैज्ञानिक बायोटेक्नोलजी वा न्यानोटेक्नोलजीमार्फत पुनर्लेखन गरिएमा मानिसको चरित्रमा नै अपेक्षित रुपान्तरण गर्न सकिने सामर्थ्य प्रविधिमा अहिले विद्यमान छ ।

एक्काइसौ शताव्दीमा ज्ञान तथा सूचना र न्यानोटेक्नोजलीको आधिपत्य चल्दैछ । न्यानोटेक्नोलजी भनेको अणुस्तर वा अणुको आयतन वा मापनमा (अर्थात् एकमिटरको एक अर्ब अंशको एक अंश) कामगर्ने प्रविधि हो । अब बन्ने कम्प्युटर, मेशिन वा रोबोट अणुको आयतनबराबर हुन गइरहेको छ । मानिसको ज्ञौद्धिक क्षमता भन्दा अधिक क्षमताको कृत्रिम मानव निर्माण हुने चरणमा कम्प्युटर विकसित हुदैछ ।

जब भेडाको एउटै जीनबाट दुइवटा डोली भन्ने भेडाको जन्म गराइयो तत्पश्चात् जीवबैज्ञानिक प्रविधिले जैविकप्रकृतिको सीमा भत्काएको विश्वले चाल पायो । डा भर्नर भिन्ज, डा रोबर्ट फ्रिटास, डा रे कर्जबेल, डा टेरी ग्रजम्यान जस्ता प्रबुद्ध विश्वबैज्ञानिकहरु अब मानिस आफूले चाहेजति आयुसम्म बाच्न सक्ने बायोटेक्नोलजी, बायोइन्जिनियरिंग, न्यायोटेक्नोलजी जस्ता सूचनाप्रविधिमा आधारित अत्याधुनिक अकल्पनीय प्रविधिको विकास भइसक्ने लगभग संभव भइरहेको निरन्तर सूचना दिदै मानवजातिलाई भविष्यको निम्ति तम्तयार हुन सचेत पार्दै छन् । मृत्युलाई पराजित गर्ने प्रयास हुदैछ । मानिस किन मर्नैपर्ने? भन्ने प्रश्न उठ्न थालेको छ । प्रविधिका कारण मानिस अजम्बरी हुने दिन पनि सुदूर छैन । मान्छे मर्न छाडेपछि कस्तो बन्ला यो विश्व?

न्यानोटेक्नोलजीको प्रयोगबाट समाजमै उपलव्ध सामान्य कच्चापदार्थको अणुलाई मिश्रण गरेर मानिसले चाहेको कुनै पनि चिज तत्काल उत्पादन गर्न सक्ने क्षमताको यन्त्रहरु विकसित हुनै आंटेको अनुमान छ । प्रविधिकै कारण आगामी दिनमा राजनीति, अर्थनीति, शान्तिसुरक्षा विश्वमै झनझन चुनौतीपूर्ण तथा जटिल बन्नेवाला छ । विविध क्षेत्रका नेताहरुलाई प्रविधियुक्त बर्तमान जटिल विश्वको शासन हाक्ने विषयको अनुकूल ज्ञान अपरिहार्य छ । यसै सम्वन्धमा आवश्यक उपयुक्त बैज्ञानिक प्रद्योगिकी प्रशिक्षण तथा शिक्षा प्रदान गरी सक्षम पार्न अमेरिकाको नासा परिसरमा डा कर्जवेल लगायतका विश्वबैज्ञानिक प्रविधिज्ञहरुले सिंगुल्यारिटी विश्वविद्यालयको स्थापना गरेका छन्, जसको कुलपति डा कर्जवेल बनेका छन् ।

तर यस मुलुकमा भने सबैको दिमाग र समय भने दुईपैसे थांग्ने कुराहरुले नै चाट्ने गरेको छ । जति हरियो घा‌स वा मीठो दानाको घान हालेपनि, जति प्रफूिल्लत देखिएपनि खसी बजारका बोकाहरु एकदिन सेरिनु तिनको नियति हो । प्रविधि विकासको आधीबेहरीले विश्वको मस्तिष्क दिनहु असंतुलित बन्दै छ, सवै शासकीय आधार विखण्डित हुदैछन् । त्यसको प्रत्यक्ष प्रभाव अन्य क्षेत्रमा पनि तीब्रदरमा प्रकट हुदैछ । प्रविधिविकासको उपयोग गरी मुलुकलाई तीब्र गतिमा गन्तव्यमा पुर्याई समृद्ध पार्ने दिशामा बेलैमा नचेते, नसोचे, अग्रसर वा गम्भिर नबने खसी बजारको बेखवर बोकाझै नेपालीसमाज पनि रेटिने अवश्यंभावी छ । बोकाकै नियति भोग्नका लागि के को सार्वभौमिकता र स्वतन्त्रता ? के को स‌घीय गणतन्त्र र लोकतन्त्र ?अनि के को आत्मनिर्भरता र आत्मनिर्णयको अधिकार ?


नेपालीको नियति नेताहरुको नियतमा भरपर्छ । कि गर नत्र मर । (फेसबुक वालबाट)