११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

जनता आवास कार्यक्रम : घर बने तर शौचालय बनेन्न

जनता आवास कार्यक्रम : घर बने तर शौचालय बनेन्न
अ अ+ अ-

काठमाडौं । सरकारले जनता आवास कार्यक्रम अन्तर्गत सिन्धुली जिल्लाको दुधौली नगरपालिका– ९ को मुससहर वस्तीमा घर निर्माणको काम अगाडि बढाएको छ । विपन्न समुदायलाई घर निर्माण गर्ने नीति अनुसार मुसहर वस्ती निर्माणको काम अगाडि बढेको हो । मुसहर वस्तीमा ३८ वटा घर धमाधम निर्माण भईरहेका छन् । आवास विहीन सिमान्तकृत, दलित र विपन्न मुस्लिम समुुदायलाई बसोवासका लागि आवास उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत दुधौलीमा घर निर्माणको काम अगाडि बढेपछि मुसहर वस्तीमा खुसी छाएको छ ।

जनता आवास कार्यक्रम अन्तर्गत सिन्धुलीमा ५० वटा घर निर्माण गर्नुपर्ने सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ । जस मध्य गत आर्थिक वर्षमा दुधौली नगरपालिका– ९ को मुसहर बस्तीमै ६ वटा घर निर्माण भईसकेको छ । करिब एक करोड लागतमा ३८ वटा दुई कोठे घर निर्माण भईरहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीका निमित्त प्रमुख ईन्जिनियर दुर्गा प्रसाद घिमिरेले बताए ।
जनता आवास कार्यक्रम अन्तर्गत गत वर्ष मुसहर बस्तीका विल्टु सदा, सनिया मुसहर, रितलाल सदा, रमनी सदा, डब्कु सदा र रामबृद्ध सदाको घर निर्माण गरिएको छ । जिल्लामा निकै ढिलो गरी सुरु भएको जनता आवास कार्यक्रम समन्वयन समिति सिन्धुलीले दुधौली नगरपालिका–९को मुसहरबस्ती, कमलामाई नगरपालिका–१ डाडी गुराँसेका हायू बस्ती र साविक बाशेश्वर गाविसको सार्की दलित बस्तीमा कार्यक्रम संचालनका लागी अध्ययन, अवलोकन गरेको थियो ।

जग्गा नुहदाँ शौचालय निर्माणमा समस्या

जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७३ का आधारमा समितिले अध्ययन, अवलोकन गरेका तीनस्थान मध्य दुधौलीको मुसहरबस्तीमा अधिकाशं मुसहर, अति विपन्न, गाउँ बल्कमा बसोबास गरेका, फुसको छाना, माटा टाटीको घेराबेरा र अव्यवस्थित बसोबास क्षेत्र भएकाले मुसहर बस्तीलाई छनोट गरी घरहरु निर्माण गरिएको उनले बताए । दुधौली नगरपालिकाले सडक, खानेपानी र शौचालय व्यवस्थापन गर्ने, विपन्न परिवारको १० प्रतिशत श्रमदान र सरकारले विनियोजन गरेको १ करोड २३ लाख रकममा ५० वटा घर निर्माण हुने ईन्जिनियर घिमिरेले बताए ।

घर बने तर शौचालयको समस्या
जनता आवास कार्यक्रम अन्तर्गत घर सहित शौचालय, खानेपानीको पनि व्यवस्था हुनुपर्छ । तर जनता निर्माण भएका प्रायः घरहरुमा शौचालय निर्माण हुन सकेका छैन्न् । जनता आवास कार्यक्रममा छनोट भएका जिल्लाका मुसहर समुदायमा पर्याप्त जग्गा नभएकाले घरसँगै शौचालय निर्माण हुन नसकेको घिमिरेले बताए । ‘घर बनाउन त जग्गा नभएर समस्या छ ।

जनता आवासमा छनोट भएका व्यक्तिको नाममा ३÷४ धुर पनि जग्गाा छैन्,घर त मुस्किलले बन्छ । अव शौचालय कहाँ बनाउनु । यो शौचालयको निर्माणमा साच्चै समस्या छ’,उनले भने । सिन्धुली जिल्ला खुल्ला दिशामुक्त जिल्ला घोषणा भईसकेको अवस्थामा अहिले निर्माण भईरहेका जनता आवास कार्यक्रममा घरमा शौचालय बनाउन नसक्नु चुनौतीको विषय बनेको छ । नेपाल समाचार पत्र दैनिकमा खबर छ ।