८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपामा होडबाजीः थापा र लिङ्देन को बढी राजावादी ?



अ+ अ-

काठमाडौँ — संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको राजनीतिक एजेन्डा बोकेको राप्रपाको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा उत्रिएका नेताहरूबीच को बढी राजावादी देखिने भन्ने होड सुरु भएको छ । काठमाडौंमा बुधबार सुरु भएको एकता महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धीहरू कमल थापा र राजेन्द्र लिङ्देनले आफूलाई बढी राजावादी देखाउन कोसिस गरेका छन् ।

भृकुटीमण्डपमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले उनका प्रतिस्पर्धी रहेका लिङ्देनभन्दा बढी राजतन्त्रको पक्षमा बोलेका थिए । पूर्वराजा ज्ञानेन्द्रको समर्थन आफूलाई रहेको दाबी गर्दै लिङ्देनले राजतन्त्र पुनःस्थापनाको विषयलाई जोड दिएका छन् ।

राप्रपाका ३ अध्यक्षमध्येका एक कमल थापाले सदन र सडक दुवैको संयुक्त संघर्षबाट राजसंस्था पुनःस्थापनाको रोडम्याप प्रस्तुत गरेका छन् । उनले सदनमा राप्रपाले सिट जित्न सके र सडकबाट १ लाख मानिस परिचालन गर्न सके नेपाललाई हिन्दु अधिराज्य बनाउन सकिने बताए ।

‘हाम्रो चिन्ता राप्रपाले कहिले दुईतिहाइ बहुमत ल्याउने, हिन्दु राष्ट्र कहिले ल्याउने भन्ने छ । उहाँहरूलाई के स्पष्ट पार्न चाहन्छु भने सदन र सडक दुवै मैदानलाई प्रयोग गर्नुपर्छ । संसदीय शक्ति र सडकको शक्ति प्रयोग गरेर हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सकिन्छ,’ थापाले भने, ‘राप्रपाले काठमाडौंको सडकमा १ लाखभन्दा बढी मानिस निरन्तर उतार्न सक्छ भने दुईतिहाइको धारा पर्खेर बस्दैन, संसद्को शक्ति र सडकको शक्तिबाट नागार्जुनबाट राजालाई नारायणहिटीमा राख्ने काम जनताले गर्छन् ।’ थापाले अबको नारा ‘राजा आऊ देश बचाऊ’ होइन ‘जनता आऊ, राजा ल्याऊ’ हुने बताए ।

अध्यक्षका अर्का आकांक्षी राजेन्द्र लिङ्देनले वर्तमान नेतृत्व र कार्यशैलीबाट हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना हुन नसक्ने बताए । ‘जसोतसो जोडजाड गरेर तीन प्रतिशत कटाउने, कुनै पार्टीसँग मिलेर दुई–चार सिट जोड्ने, जोडजाड गरेर ८र१० सिट बनाउने र कुनै पार्टीको पिछुवा बनेर केही मान्छेलाई मन्त्री बनाउन सकिएला तर यही कार्यशैलीले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने पार्टी बन्न सक्दैन,’ बुधबार राप्रपा महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै लिङ्देनले भने ।

राप्रपा नेता भुवन पाठकले अध्यक्ष थापाले लगातार आफ्ना एजेन्डा उठाउँदै आएको तर लिङ्देन केही असन्तुष्टहरूसँग मिलेर चुनाव जित्न सकिन्छ कि भनेर लागेको बताए । ‘केही हिन्दुवादी राजावादी थापासँग असन्तुष्ट छन्, विभिन्न राजावादी पार्टी स्थापना भएको छ, उनीहरूले पनि कमल थापा नेतृत्वमा हुन्जेल मौका नपाउने भएकाले खेल भइरहेको छ,’ उनले भने, ‘अघिल्लो महाधिवेशनमा भन्दा अहिले राजतन्त्रको विषय मुखरित भएको छ तर हाम्रो नीति पहिले जे छ, त्यही नै हो ।’

हिन्दु अधिराज्यको स्थापना र संघीयता खारेजी निरन्तरको एजेन्डा रहेको उनले बताए । लिङ्देन र थापाले उठाएका विषयमा कुनै फरक नभएको उनले दाबी गरे । ‘यो शैलीको फरक भएको विषय मात्रै हो,’ उनले भने, ‘मुख्य रूपमा सबैको दस्ताबेज यही छ ।’ सुनील थापासहितको समूह कांग्रेसमा प्रवेश गरेपछि राप्रपामा हिन्दु अधिराज्यको विषयमा मतैक्य छ । ‘राजसंस्थाका विषयमा हामीमा कुनै प्रकारको मतभेद छैन, आफू असली राजावादी हुँ भनेर प्रस्तुत हुँदा भोट बढ्छ भनेर चर्कोसँग उठाएको मात्रै हो,’ उनले भने ।

(कान्तिपुर दैनिकमा समाचार छ)




भर्खरै