८ पुष २०८२, मंगलवार
,
Latest
भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार खराब नतिजा आएको भन्दै प्रशिक्षक बर्खास्त



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा एकपछि अर्को खराब नतिजा आएको भन्दै लेस्टर सिटीले प्रशिक्षक क्लाउडी पउललाई बर्खास्त गरेको छ ।

शनिबार क्रिस्टल प्यालेससँग लेष्टर सिटी ४–१ गोलअन्तरले पराजित भएसँगै उनलाई कल्बबाट बर्खास्त गर्ने चर्चा चुलिएको थियो । नभन्दै लेष्टरले १६ महिना टिमको प्रशिक्षकका रुपमा काम गरेका पउललाई हटाएको हो ।

सन् २०१५–०१६ को इंग्लिस प्रिमियर लिगको उपाधि विजेता लेष्टरले यो सिजनमा एकपछि अर्को खराब प्रदर्शन गरेको छ ।

उसले खेलेको पछिल्लो ६ खेलमध्ये पाँच खेलमा हार ब्यहोरेको छ । लेष्टरले यसलाई मुख्य कारण बनाउँदै पउललाई बर्खास्त गरेको हो ।

सन् २०१७ मा लेस्टरले पउललाई तीन बर्षका लागि प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो ।