५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार

पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार
अ+ अ-

काठमाडौँ। सरकारले बाढीपहिरो लगायतका विपद्मा परी ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवहरूको वैज्ञानिक र कानुनी प्रक्रिया पुर्याएर व्यवस्थापन भइरहेको स्पष्ट पारेको छ ।

सोमवार सिंहदरबारमा भोटेकोशी बाढीबारे जानकारी दिने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शव व्यवस्थापनका सम्बन्धमा उठेका प्रश्नहरूको स्पष्टीकरण दिनुभएको हो ।

उहाँले पहिचान नभएका तथा बेवारिसे शवहरूको व्यवस्थापन ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका’ र अन्तर्राष्ट्रिय वैज्ञानिक मापदण्ड बमोजिम भइरहेको जानकारी दिनुभयो ।

मन्त्री पोखरेलकाअनुसार पहिचान हुन नसकेका शवहरूको अनिवार्य रूपमा डिएनए नमूना, औँठाछाप र अन्य आवश्यक विवरणहरू सुरक्षित राखेर मात्र जमिनमुनि व्यवस्थापन गरिएको छ ।

उहाँले भन्नुभयो, ‘शवहरू नष्ट गरिएको होइन, वैज्ञानिक ढङ्गले व्यवस्थापन मात्र गरिएको हो । भविष्यमा कुनै आफन्तले दाबी गर्न आएमा डिएनए परीक्षणमार्फत पहिचान रुजु गरी शव वा अवशेष हस्तान्तरण गर्न सकिने कानूनी र वैज्ञानिक ढोका खुला राखिएको छ ।’

सरकारले शव व्यवस्थापनको सम्पूर्ण प्रक्रियालाई पारदर्शी र जिम्मेवारपूर्ण बनाएको उल्लेख गर्दै मन्त्री पोखरेलले यस कार्यमा कुनैपनि कानूनी वा वैज्ञानिक त्रुटि हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शवको पहिचानका लागि आवश्यक पर्ने नमूनाहरू भविष्यका लागि सुरक्षित अभिलेखीकरण गरिएको उहाँले पुनः स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल