१५ भाद्र २०८३, सोमबार
,
Latest
चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार खराब नतिजा आएको भन्दै प्रशिक्षक बर्खास्त



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा एकपछि अर्को खराब नतिजा आएको भन्दै लेस्टर सिटीले प्रशिक्षक क्लाउडी पउललाई बर्खास्त गरेको छ ।

शनिबार क्रिस्टल प्यालेससँग लेष्टर सिटी ४–१ गोलअन्तरले पराजित भएसँगै उनलाई कल्बबाट बर्खास्त गर्ने चर्चा चुलिएको थियो । नभन्दै लेष्टरले १६ महिना टिमको प्रशिक्षकका रुपमा काम गरेका पउललाई हटाएको हो ।

सन् २०१५–०१६ को इंग्लिस प्रिमियर लिगको उपाधि विजेता लेष्टरले यो सिजनमा एकपछि अर्को खराब प्रदर्शन गरेको छ ।

उसले खेलेको पछिल्लो ६ खेलमध्ये पाँच खेलमा हार ब्यहोरेको छ । लेष्टरले यसलाई मुख्य कारण बनाउँदै पउललाई बर्खास्त गरेको हो ।

सन् २०१७ मा लेस्टरले पउललाई तीन बर्षका लागि प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो ।