१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठेपुल तर्दा साइकललाई ५ र मोटरसाइकललाई २० रुपैयाँ



अ+ अ-

कञ्चनपुर । दोदा नदीमा बनाइएको काठे पुल तर्न साइकलले ५ र मोटरसाइकलले २० रुपैयाँ तिर्नुपर्छ । उक्त काठेपुल स्थानीय इटाहा बाबा मन्दिर सहयोग समितिले राखेको हो । नदी तरेको रसिद काटिरहेका रघुवीर रानाले समितिले नदीमा काठेपुल बनाइदिएको र सेवावापत पैसा लिने गरेको बताए ।

पुल नहुँदा त्यहाँका स्थानीयले आवातजावतमा समस्या भोग्दै आएका थिए । बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थायीले सुनाए ।

मामाघर जाँदै गरेकी उमिएला रानाले दोदा नदीको डरले आफूहरु कहिले काँही मात्रै हिउँदमा मामाघर जाने गरेको बताइन् ।

रानाले हिँउनदमा काठेपुलको सहारा भएपनि बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्न बाध्य हुने बताए । यो समाचार आजको कारोबार दैनिकमा छ ।




भर्खरै