८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

विकासका काममा हातेमालो गर्न तयार छु – चिरिबाबु महर्जन

विकासका काममा हातेमालो गर्न तयार छु – चिरिबाबु महर्जन
अ+ अ-


ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यहरुमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगरपालिका सदैब तयार रहेको बताउनुभएको छ ।

महानगरपालिकाको वडा नं. १८ को भैंसेपाटी, मगरगाउँमा बिहीबार आयोजित सडक निर्माणको अवलोकन एवं प्रगति विवरण सार्वजनिक कार्यक्रममा प्रमुख महर्जनले कुनै दल विशेषप्रति आग्रह राखेर विकासका कार्यमा पूर्वाग्रह नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “मेरो नियत सफा छ, मलाई झेली गर्नु छैन । २ र २ जोडेर ५ भन्नु छैन, मेरो दृष्टिमा २ र २ जोड्दा ४ नै हुन्छ ।”

प्रमुख महर्जनले नगरको विकासका काममा दलीय रुपमा कुनै विवाद र पूर्वाग्रह आफूले नराखेको सुनाउँदै महानगर प्रमुख महर्जनले भन्नुभयो, “मेरो २० महिनाको कार्यकालमा ६४ वटा बैठक सञ्चालन भइसके । राजनीतिक रुपमा आफू अल्पमतमा रहे पनि एउटा पनि विवाद छैन, झैझगडा भएको छैन ।”

“मलाई कुनै किसिमको लपनछपन गर्नु छैन । एउटा झुट लुकाउन धेरैवटा झुट काम गर्नुपर्छ, बोल्नुपर्छ । त्यसर्थ त्यस्तो काममा किन लाग्ने ? मेरो धारणा स्पष्ट छ, खुलस्त रुपले काम गर्नु मेरो पहिलो प्राथमिकता हो” उहाँले भन्नुभयो ।

मगरगाउँ पिपलबोट सडक निर्माण उपभोक्ता समितिले गरेको सडक निर्माणको कामबाट आफू निकै खुशी भएको बताउँदै प्रमुख महर्जनले भन्नुभयो, “राम्रो काम गर्नुहोस्, पैसाको कुनै दुःख हुँदैन । म पनि छिटोछिटो गुणस्तरीय काम होस् भन्छु, तर यहाँ धेरै ब्रेकर रहेछन् ।”

त्यस अवसरमा प्रमुख महर्जनलाई खड्कागाउँ शिवमन्दिरदेखि मगरगाउँ पिपलबोटसम्मको सडकमा ढल र सडक निर्माणमा महानगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको थियो ।

सो अवसरमा वडा नं. १८ का वडा अध्यक्ष पुरुषोत्तम खड्काले स्थानीय विकास निर्माणमा पूर्ण पारदर्शिता अपनाएमा बजेटको अभाव नहुने विश्वास दिलाउनुभयो ।

मगरगाउँ पिपलबोट सडक निर्माण उपभोक्ता समितिको अगुवाईमा मगरगाउँदेखि सानो खोकनासम्मको सडक निर्माण सम्पन्न भएको छ । उक्त सडक निर्माण गर्न महानगरपालिका र स्थानीय उपभोक्ताको चन्दाबाट करिब ३२ लाख प्राप्त भएको समितिले जनाएको छ । यस सडकको निर्माणबाट मगरगाउँदेखि सानो खोकनासम्म ओहोरदोहोर गर्न सहज भएको छ ।

उक्त समारोहमा कार्यक्रमका सभापति एवं उपभोक्ता समितिका अध्यक्ष रविन्द्र थापा, जयराम थापा, हरिकुमार थापा लगायतले समितिले गरेका कार्यहरुका बारेमा चर्चा गर्नुभएको थियो ।