८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

दुर्घटनापछि यातायात मन्त्रीले दिए एकाएक राजीनामा, यस्तो छ कारण

दुर्घटनापछि यातायात मन्त्रीले दिए एकाएक राजीनामा, यस्तो छ कारण
अ+ अ-

काठमाडौँ । दुर्घटना भएपछी यातायात मन्त्रीले एकाएक राजीनामा दिएको समाचार सार्वजनिक भएको । दुर्घटनापछि आगलागी हुँदा ठुलो मानवीय क्षति भएपछी मन्त्रीले राजीनामा दिएको जनाइएको छ । कम्तिमा २० जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।यो इजिप्टको खबर हो ।

राजधानी काएरोस्थित रेल स्टेसननजिकै रेल दुर्घटना भएको छ। रेलको इन्धन ट्याङ्की विस्फोट भई आगलागी हुँदा २० जनाको मृत्यु भएको र केही यात्रु आगोले जलेर घाइते भएका कारण मृतक सङ्ख्या थप बढ्न सक्ने काएरो रेलमार्गस्थित एक अस्पतालका प्रमुख मोहम्मद सैयदलाई उद्धृत गरी कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार तीब्र गतिमा रहेको रेल अचानक दुर्घटनाग्रस्त हुँदा इन्धन ट्याङ्कीमा आगलागी पछि विस्फोट भएको थियो । दुर्घटनामा घाइते करिब ४० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यसैबीच इजिप्टका यातायात मन्त्रीले राजधानीको केन्द्रीय रेल स्टेसननजिकै भएको दुर्घटनालाई लिएर राजीनामा दिनुभएको त्यहाँको मन्त्रिपरिषद्ले जनाएको छ ।

“यातायात मन्त्री हिसाम अराफातले रेल दुर्घटनापछि आफ्नो राजीनामा दिएको छ भने प्रधानमन्त्रीले उहाँको राजीनामा स्वीकृत गरेको छ,” मन्त्रिपरिषद्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच भारत पाकिस्तान तनावले यतिबेला विश्वको ध्यान केन्द्रीत गरेको छ । परमाणु शक्ति सम्पन्न दुई मुलुकबीच बढ्दै गएको तनावले क्षेत्रीय शान्ति खल्बलिने चिन्ता बढाएको हो ।दुवै देश यतिबेला आरोप–प्रत्यारोपमा जुटेका छन् । आ–आफ्नै दलिलका साथ उनीहरु आफ्नो कारवाहीलाई जायज र अर्को मुलुकले गरेको कारवाहीलाई नाजायज बताइरहेका छन् ।

भारतले पुलवामामा भएको आतंकवादी हमलामा संलग्न उग्रवादी समूहलाई लक्षित गरी पाकिस्तानको बालाकोटमा आफूले हवाई हमला गरेको तर्क गरिरहँदा पाकिस्तानले भने बालकोट हमलालाई आफ्नो सम्प्रभुतामाथिको आक्रमण भनेको छ । त्यसैको जवाफस्वरुप भन्दै पाकिस्तानले बुधबार दुईवटा भारतीय लडाकु विमानलाई आफूले निशाना बनाएको दावी गरेको छ ।

दुवै मुलुकले आफूतर्फ भएको क्षतिलाई पारदर्शी रुपमा उजागर गरेका छैनन् । अर्को पक्षलाई मनोवैज्ञानिक रुपमा कमजोर तुल्याउनका लागि आफूले गरेको कारवाहीको बयान गर्ने र आफ्नो तर्फ भएको क्षतिलाई लुकाउने रणनीतिका साथ दुवै मुलुक अहिले ‘प्रोपोगाण्डा’ चलाइरहेका छन् ।

विश्लेषकहरुका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार पाकिस्तानी कारवाही हुनु अघिसम्म पनि बालाकोटमा भारतीय वायुसेनाले गरेको कारवाहीलाई ‘चुनाव प्रचार’ को एउटा उत्कृष्ट विषयका रुपमा लिएका थिए । सो कारवाहीपछि भारतका विपक्षी राजनीतिक दलले समेत सेनाको प्रशंसा गरेका थिए । कारवाहीको पक्षमा राजनीतिक दलहरु एकजुट देखिएका थिए ।

बुधबार बिहान, एक्कासी पाकिस्तानी लडाकु विमानले भारतीय लडाकु विमानमाथि कारवाही गर्दै दुईवटा विमान खसालेको दावी पाकिस्तानी पक्षबाट भयो । भारतले उक्त घटनालाई सुरुमा स्वीकार गरेको थिएन । उसले आफ्नो एक लडाकु विमान प्राविधिक खराबीका कारण दुर्घटना भएको जिकिर गरिरहेको थियो, जसमा दुई पाइलटको मृत्यु भएको बताइयो ।

तर, केही बेरपछि पाकिस्तानले भारतीय वायुसेनाका एक क्याप्टेन आफ्नो नियन्त्रणमा रहेको भन्दै भिडियो सार्वजनिक गरेपछि भने भारतले पाकिस्तानी कारवाहीको वास्तविकता लुकाउन सकेन ।

यतिबेला भारतमा जेनेभा सन्धीअन्तर्गत पाकिस्तानले भारतीय वायुसेनाका क्याप्टेनलाई रिहा गर्नुपर्ने माग उठिरहेको छ । भारतका विपक्षी दलहरु समेत भारतीय क्याप्टेनलाई सकुशल फिर्ता ल्याउन सरकारलाई दबाब दिइरहेका छन् ।

मोदी नेतृत्वको सरकारले भारतीय क्याप्टेनलाई फिर्ता ल्याउन नसकेमा आसन्न निर्वाचनमा विपक्षीहरुले आलोचनाका लागि यही विषयलाई जोडदार रुपमा उठाउने निश्चितजस्तै छ । निर्वाचनमा लोकप्रियता बढाउने विषयका रुपमा बालाकोट आक्रमणलाई प्रयोग गर्न खोजेका मोदीका लागि उनको सोही निर्णय कतै आत्मघाती हुने त होइन भन्ने आशंका बढ्न थालेको छ । बालाकोट हमलापछि नै पाकिस्तानले भारतीय वायुसेनाको विमानमाथि हमला गरेको थियो ।

भारतले बालाकोट हमलामा तीन सयभन्दा बढी लडाकु मारिएको दावी गरिरहँदा पाकिस्तानले भारतीय दावी ‘झुटो’ रहेको र हमला गरिएको क्षेत्र जंगलमात्र रहेको जनाएको छ । भारतीय वायुसेनाका क्याप्टेनसमेत पाकिस्तानको नियन्त्रणमा रहेको तथा भारतीय लडाकु विमानको भग्नावशेषसमेत फेला परेको अवस्थामा पाकिस्तानले गरेको कारवाहीबाट भारतले व्यहोरेको क्षति भने जगजाहेर भइसकेको छ । यस्तो अवस्थामा भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच बढ्दै गएको तनावलाई कसरी निकास दिने हुन् भन्नेमा अहिले सर्वत्र चासो प्रकट गरिएको छ ।

स्मरणीय छ, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ताका लागि आह्वान गर्दै आफ्नो मुलुकले गरेको कारवाही ‘बाध्यात्मक’ रहेको बताएका छन् । उनले युद्धको परिणाम कसैले आँकलन गर्न नसक्ने भन्दै शान्तिपूर्ण रुपमा समस्या समाधान गर्न आफू तत्पर रहेको समेत प्रष्ट पारेका छन् ।