८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

सबै शव काठमाडौंमा, आज राष्ट्रिय सम्मानसहित बिदाइ

सबै शव काठमाडौंमा, आज राष्ट्रिय सम्मानसहित बिदाइ
अ+ अ-

काठमाडौं । ताप्लेजुङको फुङलिङमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई शुक्रबार राष्ट्रिय सम्मान दिइने भएको छ ।

शव पोस्टमार्टममा ढिलाइ भएपछि बिहीबार सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय सम्मानको कार्यक्रम स्थगित भएको थियो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले शुक्रबार राष्ट्रिय सम्मान कार्यक्रम राखिएको जनाएको छ ।

शुक्रबार बिहान ८ देखि १० बजेसम्म श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीसहित विशिष्ट व्यक्तित्व, सर्वसाधारणले टुँडिखेलमा श्रद्धाञ्जली दिएपछि अधिकारीको शव गृहनगर पोखरा पु(याइने तयारी छ । बुधबार तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्किने क्रममा एयर डाइनेस्टी हेली सर्भिसको ‘९एन–एएमआई ९एएस ३५०–एच १२५०’ हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा मन्त्री अधिकारीसहित यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम इन्जिनियरिङ विभाग प्रमुख धु्रवदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसी छन् ।

शव चिन्न सकिएन, आज पोस्टमार्टम हुने

हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव चिन्न कठिन भएपछि ‘एन्टिमार्टम रिपोर्ट’ संकलन गरिएको छ । जलेर शव चिन्न नसक्ने भएपछि फरेन्सिक विभाग महाराजगन्जले मृतक व्यक्तिहरूको तत्कालीन अवस्थाको विवरण ९एन्टिमार्टम रिपोर्ट० संकलन गरेको हो । फरेन्सिक मेडिसिन विभागका प्राध्यापक डा। हरिहर वस्तीले मृतकको तत्कालीन अवस्थाको विवरण संकलन कार्य बिहीबार राति मात्रै सकिने भएकाले शुक्रबार पोस्टमार्टम गरिने जानकारी दिए ।

परिवारका सदस्यले शव चिन्न नसकेपछि मृतकको शरीरमा कुनै दाग, कपडा, घाउ चोटको पुरानो विवरण मागिएको छ । ती विवरणका आधारमा पोस्टमार्टम गर्दा मिलेमा परिवारका सदस्यलाई पार्थिव शरीर बुझाइनेछ । डा। वस्तीले रातभर बसेर भए पनि काम गर्ने बताए । ‘सम्भवतः हामी शुक्रबार पोस्टमार्टम सक्ने तयारीमा छौं,’ उनले भने । सामान्यतः शव पहिचान गर्न सकिने अवस्थामा मात्रै पोस्टमार्टम गरिन्छ ।

प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधन भएको दुर्घटनाप्रति सरकारले राष्ट्रिय शोकको घोषणा गरेको भन्दै बिहीबारलाई तय संसद् बैठक स्थगित गरिएको हो । ‘हेलिकोप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधन भएकोमा नेपाल सरकारले राष्ट्रिय शोकको घोषणा गरेको कारण बस्न नसक्ने’ संघीय संसद्मा महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचनामा भनिएको छ । अधिकारी कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा बैठक शुक्रबार बस्दै छ ।

विद्यार्थी संगठनका २८ पूर्वअध्यक्षको शोक वक्तव्य

प्रमुख विद्यार्थी संगठनका २८ जना पूर्वअध्यक्षहरूले बिहीबार सामूहिक शोक वक्तव्य जारी गर्दै अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका मन्त्री अधिकारीको निधनबाट मुलुकलाई ठूलो क्षति पुगेको उल्लेख गरेका छन् । अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी संगठनका पूर्वअध्यक्षहरूले सामूहिक शोक वक्तव्यमा अधिकारीको निधनबाट मुलुकले लोकप्रिय, विकासप्रेमी, प्रचुर सम्भावना बोकेका भरोसायोग्य युवा नेता गुमाएको उल्लेख गरेका छन् । उनीहरूले अधिकारीको नेतृत्वमा सम्पन्न राष्ट्रियता, विद्यार्थी हक–हितको आन्दोलनले सफलता प्राप्त गरेको स्मरणसमेत गरेका छन् ।

नेकपाले झुकायो आधा झन्डा

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीको निधनमा शोक व्यक्त गर्दै बिहीबार देशभरका पार्टी कार्यालयमा आधा झन्डा झुकाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार नेकपाले आधा झन्डा झुकाएको हो । त्यस्तै, तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने बैठकले निर्णय गरेको महासचिव विष्णु पौडेलले जनाएका छन् ।

२३ फागुनमा श्रद्धाञ्जली सभा

नेकपाले २३ फागुनमा पार्टी केन्द्रको आयोजनामा काठमाडौंमा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको छ । गृहनगर पोखरासहित देशका विभिन्न स्थानमा पनि श्रद्धाञ्जली कार्यक्रम गर्ने नेकपाको तयारी छ । बैठकले दुर्घटनामा परी दिवंगत भएका व्यक्तिहरूका परिवारलाई आवश्यक सहयोगका लागि नेपाल सरकारसँग अनुरोध पनि गरेको छ ।

पोखरामा अन्त्येष्टि

हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर शुक्रबार गृहनगर पोखरा ल्याइने भएको छ । अनेरास्ववियुका नेता अर्जुन अधिकारीले काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि शुक्रबार दिउँसो १२ बजेसम्म पार्थिव शरीर ल्याई शवयात्राका साथ अन्त्येष्टि गरिने जानकारी दिए ।

अधिकारीको पार्थिव शरीर अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिनेछ । पोखरा र गण्डकी प्रदेशकै नागरिकले अधिकारीलाई श्रद्धाञ्जली दिन पाउने गरी प्रदर्शनी केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ । बायाँ ९पूर्वपट्टि० बाट श्रद्धाञ्जली दिएर बायाँ ९पश्चिमतर्फबाट० बाहिरिन मिल्ने गरी व्यवस्थापन गरिएको छ । बिहीबार बिहान नेकपा प्रदेश कार्यालयको आयोजनामा शान्ति वनवाटिकास्थित जिल्ला पार्टी कार्यालयमा बसेको प्रदेश कार्यालय, उपलब्ध केन्द्रीय तथा प्रदेश सदस्य र कास्की पार्टी संयन्त्र सदस्यहरूको बैठकले मन्त्री अधिकारीको अन्त्येष्टिका लागि पार्टीको आन्तरिक व्यवस्थापन प्रदेश सरकारको समन्वयमा जिल्ला पार्टी कार्यालयले गर्ने निर्णय गरेको थियो ।

शवयात्रासहित अन्त्येष्टि

नेकपाका केन्द्रीय सदस्य गुरुङका अनुसार मन्त्री अधिकारीको पार्थिव शरीर शुक्रबार विमानस्थलबाट सीधै नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्र ल्याइनेछ । प्रदर्शनी केन्द्रमा अन्तिम सम्मान गरेपछि शवयात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाट लगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

मौसम अनुकूल भएपछि शव काठमाडौं ल्याइयो

मौसम अनुकूल भएपछि बिहीबार अपरान्ह सेनाको हेलिकोप्टरले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव काठमाडौं ल्याएको थियो । हेलिकोप्टर ताप्लेजुङ विमानस्थलबाट १२ बजेर ८ मिनेटमा उडान गरी १ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । त्यसपछि शवलाई आवश्यक परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । दुर्घटनास्थलबाट बुधबार साँझ र बिहीबार बिहान जलेका शव नेपाली सेनाको हेलिकोप्टरले ताप्लेजुङ विमानस्थलमा ल्याइएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।