२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यालेन्सिया कोपा डेल रेको फाइनलमा, उपाधिका लागि पावर हाउस बार्सिलोनाको सामना गर्ने



अ+ अ-

काठमाडौँ । भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बिहीबार राति भएको दोस्रो लेगमा रियल बेटिसलाई १–० गोलले हराउँदै भ्यालेन्सियाले फाइनलमा स्थान बनाएको हो । भ्यालेन्सिया समग्रमा ३–२ गोलले विजयी भयो । यसअघिको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो ।

भ्यालेन्सियाको जितमा रोड्रीगो मोरेनोले ५६ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । अब उपाधिका लागि भ्यालेन्सियाले स्पेनिस पावर हाउस बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले बुधबार रियल म्याड्रिडलाई समग्रमा ४–१ गोलले पराजित गर्दै फाइनलमा पुगेको छ । बार्सिलोना लगातार पाँचौं पटक यस उपाधि चुम्ने अभियानमा छ ।

कोपा डेल रेको फाइनल भिडन्त आगामी मे २५ तारिख हुनेछ ।




भर्खरै