१० असार २०८३, बुधबार
,
Latest
‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहामले खराव नतिजा निकालेपछि क्लाउडियो रानिएरी बर्खास्तीमा



अ+ अ-

काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा फुलहामले खराव नतिजा निकालेपछि प्रशिक्षक क्लाउडियो रानिएरी बर्खास्तीमा परेका छन् । फुलहामले रानिएरीलाई बिहीबार राति प्रशिक्षकबाट बर्खास्त गरेको हो ।

प्रिमियर लिगअन्तर्गत बुधबार राति फुलहाम साउथह्याम्पटनसँग २–० गोलले पराजित भएको थियो । यस हारले फुलहाम रेलिगेसनबाट जोगिन नसक्ने भएपछि प्रशिक्षक रानिएरी बर्खास्तीको शिकार भएका हुन् । फुलहाम अहिले लिगको रेलिगेसनमा रहेको छ ।

चेल्सी र लेस्टर सिटीका पूर्वप्रशिक्षक रानिएरी गत नोभेम्बरमा मात्र फुलहाममा अनुबन्ध भएका थिए । इटालीका ६७ वर्षीय रानिएरीको प्रशिक्षणमा लेस्टरले सन् २०१६–१७ मा प्रिमियर लिगको उपाधि नै चुमेको थियो ।

तर, रानिएरीको प्रशिक्षणमा फुलहामले सोचे जस्तो प्रदर्शन गर्न सकेन । फुलहामले पछिल्ला १७ खेलमा तीन वटा मात्र जित निकाल्यो । फुलहामले रानिएरीको स्थानमा स्कट पार्करलाई टोलीको अन्तरिम प्रशिक्षकको रुपमा यससिजन जिम्मा दिएको छ । स्कट इङ्ल्यान्डका पूर्व खेलाडी हुन् ।

२८ खेलबाट जम्मा १७ अंक बनाएको फुलहाम १९ औं स्थानमा छ । फुलहामले हडर्सफिल्डलाई मात्रपछाडि पारेको छ । १८ औं स्थानमा रहेको कार्डिफ सिटीको २५ अंक छ । १४ अंक बनाएको हडर्सफिल्ड टाउन अन्तिममा छ ।