१० असार २०८३, बुधबार
,
Latest
सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाइने, अरु छ जनालाई के सम्मान गरिने त?



अ+ अ-

काठमाडौँ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाइने भएको छ ।

नेपाल सरकारको निर्णय अनुसार अधिकारीको रामघाटमा अन्त्यष्टि गर्नुअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाउने भएका हुन् । यता नेकपाले नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने पार्टीको झण्डा ओढाउनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै नेतालाई अधिकारीको शव सहित पोखरा पठाउन लागेको हो ।

मन्त्री अधिकारीसहित दुर्घटनामा मृत्यु भएका सातै जनाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले टुँडिखेलमा राखिएको छ । अब केहीबेरमा पोखरा लगिनेछ ।