८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जागिरबाट निकालिएको भन्दै दुई जना नर्सले हाम फाले



अ+ अ-

काठमाडौँ । जागिरबाट निकालिएको भन्दै भारतको पटियाला शहरको राजिन्दरा अस्पतालको छैटौं तल्लाबाट दुई जना नर्सले हाम फालेका छन् । हाम फाल्ने नर्स पछिल्लो २३ दिनदेखि प्रदर्शन अस्पताल एरियामा प्रर्दशन गरिरहेका थिए ।

भारतीय मिडियाका अनुसार हाम फाल्ने कर्मजीत कौर औलख र बलजीत कौर खालसा भएको बताएका छन् । उनिहरुले प्रशासनका अधिकारीलगायत पुलिस जवानको सामुन्ने लगभग सात सयको उपस्थिती भएको बेलामा हाम फालेका हुन् । दुबैको स्थिती चिन्ताजनक भएको भारतीय प्रहरीले जनाएको छ ।

। स्वास्थ्य मन्त्री ब्रह्म मोहिन्दरादेखि पुलिस र प्रशासनले नर्सले हाम फाल्ने संकेत पाएपनि उनीहरुलाई रोक्न कुनै पनि प्रयास नगरिएको आरोप लागेको छ ।

प्रत्यक्षदर्शीका अनुसार उनीहरुलाई बचाउनका लागि एउटा माछा समात्ने जाली र दुई इन्च मोटो कार्पेट बिछ्याइएको थियो । कर्मजीतले एक हप्ता अघि एउटा भिडियो पोष्ट गर्दै उनले बिहिबार चन्दीगढमा हुने छलफलमा नियुक्तिपत्र नदिए आफू अर्की नर्स साथीसँगै हाम फालेर आत्महत्या गर्ने चेतावनी दिएकी थिइन् ।