२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी चुनाव : मेयरमा बाख्रो विजयी !



अ+ अ-

काठमाडौँ । अमेरिकाको बरमोन्टस्थित फेयर हेभन सहरमा एक बाख्रालाई मेयर बनाइएको छ। मेयर चुन्नका लागि गरिएको उक्त चुनावमा बाख्रो चुनिएको हो । उक्त चुनावमा मेयरका लागि १६ वटा अन्य जनावर पनि उम्मेदवार बनाइएका थिए।उम्मेदवारका लागि कुकुर र बिरालालाई पनि समावेश गराइएको थियो।

अन्तिममा तीन वर्षको लिंकन नामको बाख्रा सहरको मेयर बन्यो।लिकंन १३ भोट ल्याएर मेयर बनेको हो।उनको निकटतम प्रतिद्वन्द्वी सैम्मी नामको कुकुरले १० भोट लिएर हार खानुपर्‍यो।अरु उम्मेदवारहरुले जम्मा ३० भोट मात्र प्राप्त गरे।
लिंकनको कार्यकाल १ वर्षको हुनेछ।

लिंकनलाई टाउन मिटिङ डेको अवसरमा मेयर बनाइएको हो।लिंकनले मेयरको पदभार पनि सम्हालिसकेको छ। अब लिंकन सहरमा हुने कार्यक्रममा प्रमुख अतिथि भएर कार्यक्रमको उद्घाटन गर्नेछ। फेयर हेभनमा करिब २५ सय मानिसको बसोबास छ।यहाँ अहिलेसम्म कोही मेयर बनेका छैनन्।

टाउन म्यानेजरका अनुसार जनावरलाई सहरको मेयर बनाउने आइडिया उनलाई उत्तरी मिसिगन राज्यले दिएको थियो।सोही अनुसार उनले स्थानीयस्तरमा खेलकुद मैदानका लागि रकम जुटाउन यो तरिका अपनाएका बताएका छन्।