३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग

जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सुदूरपश्चिममा पछिल्लो समय भएका सवारी दुर्घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले सडकमा नागरिकको सुरक्षाको अवस्था कमजोर बन्दै गएको भन्दै दुर्घटनाका दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका हुन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै महरले कैलालीको अत्तरियामा भएको सिन्की बोहराको मृत्यु र धनगढीमा भएको नन्दलाल गिरीको मृत्युको घटना प्रतिनिधिसभामा उठाएका हुन्।

महरका अनुसार बझाङको मष्टा गाउँपालिका–६ की सिन्की बोहरालाई भदौ ७ गते बेलुका अत्तरियामा महाकाली यातायातको बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट सडकमा लडेकी बोहरालाई चालकले पुनः बस ब्याक गरेर किचेको प्रत्यक्षदर्शीको भनाइ रहेको उनले बताए।

उनले उक्त घटना सामान्य सडक दुर्घटना नभई अत्यन्त क्रूर घटना भएको भन्दै चालक रोहित सिंह धामीमाथि कडा कारबाही गर्न माग गरे। घटनापछि मृतकका परिवारले हालसम्म शवसमेत बुझ्न नसकेको भन्दै उनले पीडित परिवारलाई न्याय दिलाउन सरकार गम्भीर हुनुपर्ने बताए।

त्यसैगरी, धनगढी उपमहानगरपालिका–८ बुद्धचोकमा भदौ १ गते भएको दुर्घटनामा ६२ वर्षीय नन्दलाल गिरीको मृत्यु भएको विषय पनि महरले संसद्मा उठाए। मर्निङ वाक सकेर घर फर्किने क्रममा जेब्रा क्रसिङबाट सडक पार गर्दै गरेका गिरीलाई सु.प.प्र. ०१–००१ ज १८७९ नम्बरको हाइसले ठक्कर दिएको थियो। उपचारका क्रममा उनको भदौ ७ गते भारतको ल

खनउमा मृत्यु भएको महरले जानकारी दिए।‘जेब्रा क्रसिङमा समेत नागरिक सुरक्षित छैनन् भने सडक सुरक्षाको अवस्था के छ ?’ भन्दै महरले सरकारसँग प्रश्न गरे।

उनले दुवै घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन, पीडित परिवारलाई उचित न्याय र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुदूरपश्चिममा सडक सुरक्षा प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।