१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुक र इन्स्टाग्राम चल्न छोड्यो, स्क्रिनसट गरेर ट्वीटरमा अपलोड गर्नेको लहर चल्यो



अ+ अ-

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुक तथा फोटो सेयरिङ एप इन्स्टाग्राम बुधबार विश्वका धेरै भागमा एक्कासि अवरुद्ध भएको छ ।

मानिसहरुले फेसबुक र इन्स्टाग्रामको आफ्नो अकाउन्टमा लगइन गर्न नसकेको गुनासो गरिरहेका छन् । धेरै प्रयोगकर्ताको फेसबुक अकाउन्टमा लगइन गर्दा Facebook Will Be Back Soon भन्ने मेसेज देखिने गरेको छ । साथै आवश्यक मर्मतका लागि फेसबुकको सर्भर तत्कालका लागि डाउन भएको र छिट्टै नै त्यसलाई ठीक पारिने फेसबुकले जानकारी दिएको थियो ।

लगइन भएतापनि कतिपयले फेसबुकमा लाइक तथा कमेन्ट गर्न नसकेको गुनासो समेत गर्ने गरेका छन् । साथै इन्स्टाग्राममा फोटो अपलोड गर्नमा पनि समस्या भएको छ।

फेसबुक डाउन भएसँगै धेरै प्रयोगकर्ताले ट्वीटरमा यसको गुनासो गरिरहे । फेसबुकमा देखिएको समस्याको स्क्रिनसट गरेर ट्वीटरमा अपलोड गर्ने लहर नै चलेको छ ।

फेसबुकको समस्या वेब र एप दुवै भर्सनमा देखिएको हो । फेसबुकले केही मिनेटमै यो समस्या समाधान हुने दाबी गरेको भए पनि धेरै प्रयोगकर्ताले अहिलेसम्मै समस्या जारी रहेको गुनासो गरेका छन् ।

एजेन्सी