२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीस हजार घुस सहित सहायक वन अधिकृत र वकिल पक्राउ



अ+ अ-

काठमाडौँ । सव डिभिजन वन कार्यालय, तारानगर कैलालीका सहायक वन अधिकृत भरत शाह घुस सहित पक्राउ परेका छन् । शाह ३०,००० घुस रकम सहित बुधबार पक्राउ परेका हुन् ।

वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दा मिलाई दिन्छु भन्दै घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले शाहलाई पक्राउ गरेको हो ।

आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार शाहसँगै लेखापढी व्यवसायी पुष्प जोशीपनि पक्राउ परेका छन् ।

दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।