• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा

नेकपाका सांसद ओखेडाका छोरा १४ दिनदेखि बेपत्ता



काठमाडौँ । सुदुरपश्चिम प्रदेश बझाङकाबाट निर्वचित नेकपाका नेता सांसद अफिलाल शर्मा (ओखेडा) का छोरा बेपत्ता भएका छन् । ओखेडाका छोरा काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलबाट बेपत्ता भएका हुन् ।

परिवार स्रोतका अनुसार काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलमा कक्षा १० मा पढ्दै आएका १६ वर्षीय सागर सागर शर्मा (ओखेडा) फागुन १८ गते फोन स्वीच अफ गरेर सम्पर्क विहिन भएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले भने, ‘सिडीआर रिपोर्ट आएको छ, अपराध महाशाखा र काठमाडौँ परिसर दुवै ठाउँबाट खोजतलास गर्ने काम भईरहेको छ ।’

स्रोतका अनुसार परीक्षा नजिकै आएको अवस्थामा परिवारले राम्रोसँग परीक्षाको तयारी गर्न सुझाएपछि उनी सम्पर्क विहिन भएको बताइएको छ । सन्की स्वभावका सागरलाई सांसद ओखेडाले ‘स्कुल किन नगएको ?’ भन्दै हप्काएका थिए । बावुले हप्काएपछि सागरले फागुन १६ गते अमेरिकी दूतावासमा फोन गरेर ‘अमेरिका जान कत्ति पैसा लाग्छ’ भनेर सोधेका थिए ।

त्यसपछि फोन अफ गरेर हिँडेका सागर परिवारको सम्पर्कमा गएका छैनन् । प्रहरीले खोजी जारी राखेपनि उनी फेला पर्न नसकेको बताइएको छ । सागरले चलाउँदै आएको मोवाइल विगत १४ दिनदेखि बन्द छ ।