१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा

ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा
अ अ+ अ-

डोटी । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ ।

डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो ।

गाउँपालिका आफैंले सञ्चालनमा ल्याएका बसमा सो सुविधा दिने निर्णय गरेको सो गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकलाई यात्रा गर्न सहज होस् भन्नका लागि हामीले निःशुल्क रुपमा यातयात सेवा उपलब्ध गराउने छौँ ।”

परिचयपत्रका आधारमा उनीहरुले सो सुविधा प्राप्त गर्न सक्ने गाउँपालिकाले जनाएको छ । यसरी निःशुल्क यातायात सेवा उपलब्ध गराउने सो गाउँपालिका जिल्लाकै पहिलो गाउँपालिका भएको छ । यसभन्दा पहिले जिल्लाका शिखर नगरपालिकाले पनि ज्येष्ठ नागरिक र पत्रकारलाई निःशुल्क रुपमा यातायात सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

“ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा यातायात सेवा उपलब्ध गराएपछि स्थानीयवासी खुशी भएका छन्”, पूर्वीचौकी गाउँपालिका–१ का चक्रबहादुर कठायतले भन्नुभयो, “गाउँपालिकाले राम्रो निर्णय गरेको छ, जो आफैँमा स्वागतयोग्य काम हो ।”

उक्त गाउँपालिकाले केहि महिनाअघि मात्र स्थानीयवासीको सहजताका लागि लाखाँै खर्चेर दुई वटा बस सञ्चालनमा ल्याएको थियो । ती दुबै बस अछामको चौखुट्टेदेखि दीपायलको पिपल्ला बजारसम्म सञ्चालन भइरहेका छन् । गाउँपालिकाका बसहरुले खासै राम्रो फाइदा कमाउन नसके पनि स्थानीयवासीलाई निकै राहत पुगेको सो गाउँपालिकाका अधिकृत टेकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “बस सञ्चालनले खासै आम्दानी त गर्न सकेको छैन तैपनि गाडी नपाएर हैरान हुने स्थानीयवासीलाई भने राम्रै सेवा पुगेको छ ।” डोटीमा अहिले दीपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाले आफ्नै निजी बसहरु किनेर सञ्चालनमा ल्याएका छन् ।

पार्वतीको उपचारका लागि रकम जुट्दै

भिरबाट लडेर गम्भीर घाइते भई शिक्षण अस्पताल काठमाडौँमा उपचार गराइरहेकी डोटी सायल गाउँपालिका–३ की पार्वतीदेवी थापाको उपचारका लागि भारतको जोतपुरमा रहेको सुदूरपश्चिमेली समाजले सहयोग गरेका छन् । सुदूरपश्चिमेलीहरुको संस्था सुदूरपश्चिम समाजको अगुवाइमा सङ्कलन गरिएको रु ३० हजार रकम घाइते पार्वतीदेवी थापाका पति हरिपाल थापालाई हस्तान्तरण गरिएको छ ।

सुदूरपश्चिमेली समाज भारत जोतपुरबाट पठाइएको उक्त रकम चेम्बर अफ कमर्श डोटीका अध्यक्ष खगेन्द्रबहादुर साउद र सचिव तेजबहादुर डुम्रेलले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ । सहयोग रकम बुझ्दै घाइते पार्वतीका पति हरिपाल थापाले उपचारका लागि सहयोग गर्ने सबैलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमका साथीहरुले गरेको सहयोगले मेरो श्रीमती बच्ने भइन् यसैमा खुशी छु ।”

त्यसैगरी भारतको मदरास शहरमा काम गर्ने सायल गाउँपालिका–४ का स्थानीयवासी पूर्णबहादुर विष्टले पनि त्यहाँ रहेका नेपालीबाट रु ३३ हजार ६२० सङ्कलन गरी पार्वतीको उपचारका लागि पठाउनुभएको चेम्बर अफ कमर्श डोटीका सचिव तथा पार्वती बचाउ अभियानका संयोजक तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो । यही फागुन १ गते भिरबाट लडेर गम्भीर घाईते भएकी थापालाई जिल्ला अस्पताल सिलगढी, सेती अञ्चल अस्पताल धनगढी र नेपालगञ्ज मेडिकल कलेजमा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल काठमाडौँ पु¥याइएको थियो ।

उहाँको उपचारमा अहिलेसम्म रु दुई लाख ५० हजार भन्दा बढी खर्च भइसकेको छ । उहाँको उपचारका लागि रु एक लाख ५० हजार कोरियामा रहेका सुदूरपश्चिमेलीहरुबाट सङ्कलन भएको र रु ६३ हजार ६२० भारतको जोतपुर र मदरासमा रहेका सुदूरपश्चिमेली समाजले सङ्कलन गरी पठाएको पार्वतीका श्रीमान हरिपाल थापाले जानकारी दिनुभयो ।