११ असार २०८३, बिहीबार
,
Latest
रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा गएका महिलासँगै भित्रिन्छन् शिशु



अ+ अ-

काठमाडौं – पछिल्लो सन्तान हुर्कदै गरेको देख्दा झापाकी कविता (नाम परिर्वतन) को मन पटक्कै खुसी हुँदैन । बच्चाको अनुहार हेर्दै जाँदा जब विगत सम्झिन्छिन्, उनको तनाव झनै बढ्छ ।

घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै वैदेशिक रोजगारीमा गएकाले कतिपय बेला गल्ती गरिएको पनि लाग्छ उनलाई । वैदेशिक रोजगारीमा जान उनको रहर त कहाँ हो र ? १० कक्षासम्म अध्ययन गरेकी उनको चहना सकेसम्म स्वदेशमै केही गरौँ भन्ने थियो । स्वदेशमा बस्दा चाहाना पूरा हुन नसकेपछि ६ वर्षअघि उनको साहारा बनेको थियो वैदेशिक रोजगार ।

त्यही वैदेशिक रोवगार उनको लागि ‘ताँवाको माछो भुङ्ग्रोमा….’ परे जस्तै भएको छ । त्यो पनि दुई वर्षलाई होइन, जिन्दगीभरिलाई । आर्थिक अवस्था सुधार गर्न भन्दै विदेश गएकी २७ वर्षीय कवितको वैदेशिक रोजगारीको आर्थिक अवस्था सुधार गुर्नको साटो साहुले जवरजस्ती करणी गरी जन्मेको सन्तानलाई कसरी हुर्काउने भन्ने समस्या थपिएको छ । यो समाचार रुद्र खड्काले नागरिकमा लेखेका छन् ।