५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

के हो पब्जी(PUBG) ?, भारतमा किन प्रतिबन्ध लाग्दैछ ?



अ+ अ-

दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले यो अनलाइन गेमको उत्पादन गरेको हो । पब्जीको पूरा रुप PlayerUnknown’s Battlegrounds(PUBG) ‍‍‍‍‍‍ हो ।

पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ । ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन् । यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ ।

आइओएस र एन्ड्रोइड प्लेटफर्ममा मात्र पब्जी २४ करोड पटक डाउनलोड भएको छ । सन् २०१८ मा पब्जी गेमबाट कम्पनीले कूल १ अर्ब ३ करोड डलर आम्दानी गरेको तथ्यांक छ । पब्जी गेमका मोबाइल प्रयोगकर्तामध्ये साढे २२ करोड चिनियाँ रहेका छन् । त्यस्तै अमेरिकी प्रयोगकर्ता ११ प्रतिशत र भारतीय प्रयोगकर्ता ८ प्रतिशत रहेका छन् ।

पछिल्लो समय पब्जी खेल मोबाइल प्रयोगकर्तामा यतिधेरै लोकप्रिय बनेको छ कि धेरै मानिसहरु यसको लतमै फसेका छन् ।

खासगरी बालबालिका र किशोर किशोरीहरुमा यो गेमका कारण परेको नकारात्मक असर तथा बसेको कुलतका कारण यो अनलाइन गेममाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि विश्वमा उठ्न थालेको छ ।

छिमेकी मुलुक भारतका केही सहरमा त यो गेमलाई प्रतिबन्धित गरिएको छ भने गुजराँतमा यो गेम खेल्ने केही युवाहरुलाई पक्राउ गरिएको छ । भारतमै पब्जी खेलको कुलतका कारण एकजना २० वर्षीय युवकको मृत्यु भएको घटना पनि सार्वजनिक भएको छ ।

भारतीय मिडियाहरुमा आएको खबरअनुसार तेलंगानास्थित जगित्यालमा करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल गेम खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको हो ।

भारतको नयाँदिल्लीमै पब्जी गेमको लतमा फसेका एकजना १५ वर्षका किशोर घर छाडेर बेपत्ता भए । पब्जी गेमले आफ्नो छोराको ब्रेनवास गरेका कारण बहुलाएर हिँडेको आरोपमा उनका बुवाआमाले लगाउँदै पुलिसमा उजुरी गरेका छन् । पब्जी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै खासगरी विद्यार्थीका अभिभावकहरुले भारतमा चर्को माग गरिरहेका छन् ।

यो अनलाइन गेम निर्माता पब्जी कर्पोरेसनले पनि भारतमा भैरहेको आलोचनालाई मध्यनजर गर्दै एक दिनमा एकजना व्यक्तिले ६ घण्टाभन्दा बढी समय पब्जी खेल्न नपाउने गरी बन्देज लगाएको छ । अर्थात् गेमप्ले टाइममा ६ घण्टाको सीमा तय गरेको छ । यो बन्देज केवल भारतमा मात्र लागू गरिएको हो र विश्वका अरु देशमा चाहीँ जो जति समयसम्म पनि पब्जी खेल्न पाउँदछ ।