१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चाहरु यौनशोषणको खतरामा रहेको भन्दै टिकटकलाई बन्द गर्न आदेश



अ+ अ-

युवतीहरुमा लोकप्रिय बनेको भिडियो एप टिकटकलाई भारतको एउटा राज्यमा रोक लगाइएको छ । टिकटकका दर्शकहरु कारण बच्चाहरु यौनशोषणको खतरामा रहेको भन्दै बन्द गर्न आदेश दिएको हो ।

मद्रास हाइ कोर्टले आज गरेको फैसला अनुसार चिनीया टिकटकले अश्लिलता बढाएको आरोप लाएको छ । एप विरुद्ध मदुरईका वरिष्ठ वकिल तथा सामाजिक कार्यकर्ता मुथु कुमारले रिट हालेका थिए । अदालतले सञ्चारमाध्यमहरुलाई पनि यो एपमार्फत बनाइएका भिडियोहरु प्रशारण नगर्न भनेको छ ।

टिकटक एपमा प्रयोगकर्ताले केही सेकेन्डको भिडियोमा अभिनय÷नृत्य प्रस्तुत गरेर अपलोड गर्ने गर्छन् । भारतमा यो एपका ५ करोड ४० लाख एक्टिभ यूजर्स छन् ।

नेपालमा पनि टिकटक निकै लोकप्रिय छ ।