१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पब्जी (PUBG) खेल्न नपाउदा आत्महत्या



अ+ अ-

काठमाडौं । भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पब्जी(PUBG) खेल्न नपाउदा आत्महत्या गरेका छन् । पबजीको लत लागेका ती किशोरलाई पब्जी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पब्जी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले गाली गरेकी थिइन् ।

आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेको आफ्नै घरमा रहेको सिलिङ फ्यानमा झुण्डेर आत्महत्या गरेका हुन् ।

१६ वर्षीय किशोरका बाबुले PlayerUnknown’s Battlegrounds(PUBG)  ( पब्जी) प्रतिबन्ध लगाउन माग गरेका छन् ।