६ आश्विन २०८१, आईतवार
,
Latest
मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार एकैदिन १७ सयले बढ्दै सुन मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो? कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता लिनेको भीड बढेपछि टोकन प्रणलीको व्यवस्था, थपियो कर्मचारी



अ+ अ-

विराटनगर । सरकारले अंगीकृत नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खुला गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेको भीड बढेको छ। नागरिकता दिन थालेपछि मोरङको जिल्ला प्रशासनमा टोकनको व्यवस्था गरिएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार पाण्डेका अनुसार दैनिक सैयौंको संख्यामा नागरिकता लिन जिप्रका पुग्न थालेपछि भीडलाई व्यवस्थित गर्न प्रशासनले टोकनको व्यबस्था गरेको बताए । पाण्डेका अनुसार आइतबारबाट नागरिकता वितरण गर्न टोकन’ प्रणाली लागु गरेको हो । उनका अनुसार वैशाख ७ गते सम्मका लागि टोकन वितरण भइसकेको छ ।

गृह मन्त्रालयले चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएपछि नागरिकता लिनेको भीड लागेको हो। ‘नागरिकता लिन दैनिक सयौं आउने गरेका छन्’, पाण्डेले भने, ‘दैनिक दुई सयलाई नागरिकता दिने गरी टोकन वितरण गरिएको हो।’

आइतबारसम्म जिल्ला प्रशासनबाट ५ सय ८३ जनाले वंशजको नागरिकता लिएसकेका छन्। नागरिकता लिनेको संख्या एक्कासी बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता फाँटमा कर्मचारी पनि थपेको छ। सहायक प्रजिअ पाण्डेका अनुसार नागरिकता फाँटमा यसअघि ५ जना कर्मचारी रहेकोमा अहिले ९ जना छन्।