१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

नागरिकता लिनेको भीड बढेपछि टोकन प्रणलीको व्यवस्था, थपियो कर्मचारी

नागरिकता लिनेको भीड बढेपछि टोकन प्रणलीको व्यवस्था, थपियो कर्मचारी
अ अ+ अ-

विराटनगर । सरकारले अंगीकृत नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खुला गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेको भीड बढेको छ। नागरिकता दिन थालेपछि मोरङको जिल्ला प्रशासनमा टोकनको व्यवस्था गरिएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार पाण्डेका अनुसार दैनिक सैयौंको संख्यामा नागरिकता लिन जिप्रका पुग्न थालेपछि भीडलाई व्यवस्थित गर्न प्रशासनले टोकनको व्यबस्था गरेको बताए । पाण्डेका अनुसार आइतबारबाट नागरिकता वितरण गर्न टोकन’ प्रणाली लागु गरेको हो । उनका अनुसार वैशाख ७ गते सम्मका लागि टोकन वितरण भइसकेको छ ।

गृह मन्त्रालयले चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएपछि नागरिकता लिनेको भीड लागेको हो। ‘नागरिकता लिन दैनिक सयौं आउने गरेका छन्’, पाण्डेले भने, ‘दैनिक दुई सयलाई नागरिकता दिने गरी टोकन वितरण गरिएको हो।’

आइतबारसम्म जिल्ला प्रशासनबाट ५ सय ८३ जनाले वंशजको नागरिकता लिएसकेका छन्। नागरिकता लिनेको संख्या एक्कासी बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता फाँटमा कर्मचारी पनि थपेको छ। सहायक प्रजिअ पाण्डेका अनुसार नागरिकता फाँटमा यसअघि ५ जना कर्मचारी रहेकोमा अहिले ९ जना छन्।