२ पुष २०८२, बुधबार
,
Latest
वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको एक विद्यालयमा सात जना शिक्षिका एकैपटक गर्भवती !



अ+ अ-

अमेरिका । अमेरिकाको केन्सासस्थित गोडार्डको एक प्राथमिक स्कूलमा सात जान शिक्षिकाहरु एकैसाथ गर्भवती भएका छन् ।

स्कुलकी प्रिन्सिपल एश्ले मिलरका भनाईमा उनको दुई दशकको करियरमा पहिलो पटक यस्तो घटना भएको बताइन् । ७ औं कक्षाकी शिक्षिकाले उनी कहाँ आएर आफू गर्भवती भएको बताउँदा अचम्म परेको बताइन् । खासमा त्यस अघिनै ६ शिक्षिकाहरुको एकसाथ गर्भवती भएको बताइसकेका थिए ।

क्याटी नामको एक शिक्षिका यसका पछाडि कुनै योजना नभएको बताइन् । उनले यो शुद्ध संयोग मात्र भएको बताइन् ।

एउटै विद्यालयका ७ शिक्षिका गर्भवती भएको खबर पुरै शहरमा फैलिएको छ । मानिसहरुले यसलाई हसि–मजाकको रुपमा लिइरहेका छन् । प्रिन्सिपलले ७ जना शिक्षिकाहरु मातृत्व अवकाशमा जाँदा नयाँ शिक्षिकाहरु ल्याएर खाँचो हुन नदिने बताइन् ।

प्रिन्सिपलले ७ शिक्षिकाबाट ८ बच्चा जन्मन लागेको पनि जानकारी दिइन् । उनका अनुसार ४ कक्षामा पढाउने केलीको गर्भ जचाउँदा गर्भमा जुम्लाहा रहेको बताएकी छन् ।