१४ आश्विन २०८१, सोमबार
,
Latest
धितोपत्र बजार: कारोबार तीन महिनायताकै न्यून पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस २० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासो: मेयर बालेनले वास्तै गरेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशलाई यू–१९ क्रिकेटको उपाधि



अ+ अ-

काठमाडौं । वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि  लुम्बिनी प्रदेशले जितेको छ ।

सुदुरपश्चिम प्रदेशलाई ११३ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २८.३ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा अलआउट हुन पुग्यो ।

सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन बनाउँदा कप्तान खडक बोहराले २१, शेर मल्लले १५ तथा नारायण जोशी ११ रन जोडे ।

लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए भने दुर्गेश गुप्ताले ३ तथा मोहम्मद हुसेनले २ विकेट लिए ।

त्यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो।

लुम्बिनीका लागि कप्तान देव खनालले ९५ बलमा सर्वाधिक ७० रनको योगदानी दिए । 

यस्तै विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे भने सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक ३ विकेट लिए । शेर मल्ल र हेमन्त धामीले २–२ विकेट लिए ।

राउण्ड रोबिनका आधारमा लुम्बिनी र सुदूरपश्चिम शीर्ष दुईमा रहेर फाइनल खेलेका थिए ।