१४ आश्विन २०८१, सोमबार
,
Latest
कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन: बागमतीमा बानियाँ, प्रदेश नं १ मा थापा निर्वाचित



अ+ अ-

 काठमाडौ ।  नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश  अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ  निर्वाचित हुनुभएको छ ।

आइतबार सम्पन्न  निर्वाचनबाट उहाँले एक हजार ८५ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिनुभयो ।  १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि  शनिबार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसक्नुभएपछि आइतबार पुनः मतदान भएको थियो ।

पहिलो निर्वाचनमा  बानियाँले ९९२ मत प्राप्त गर्नुभएको थियो भने केसीले ८७७ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसको विधानमा कुनै पनि उम्मेदवारले कूल खसेका मतमा ५१  प्रतिशतभन्दा कम प्राप्त गरेमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान  छ । 

आइतबार मतदान हुनुअघि सभापतिका अर्का  उम्मेदवार भीमसेनदास प्रधानले आफ्नो समर्थन नेता बानियाँलाई रहेको घोषणा गर्नुभएको थियो ।

यसैगरी  नेपाली कांग्रेसको प्रथम प्रदेश नं १  अधिवेशनबाट सभापति पदमा नेता कृष्ण सिटाैला निकट एवं शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बन्नु भएका उद्धव थापा निर्वाचित हुनु भएको छ । शनिबार भएको निर्वाचनबाट उहाँले ८४४ मत प्राप्त गर्नु भएको थियो । उहाँका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४० मत प्राप्त गर्नुभएको थियो ।
 
यसैगरी, उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी हुनुभएको कांग्रेस मोरङले जनाएको छ । अन्य पदको मतगणना जारीे छ ।

यो जितसँगै देउवा पक्ष प्रदेश अधिवेशनमा निक बलियो स्थानमा पुगेको छ । हालसम्म देउवा प्यानलले प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सभापति सहितका पदहरूमा विजय हासिल गरेको छ । रामचन्द्र पौडेल पक्षले भने गण्डकी प्रदेशमा मात्र विजय हासिल गरेको छ ।