६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन: बागमतीमा बानियाँ, प्रदेश नं १ मा थापा निर्वाचित



अ+ अ-

 काठमाडौ ।  नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश  अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ  निर्वाचित हुनुभएको छ ।

आइतबार सम्पन्न  निर्वाचनबाट उहाँले एक हजार ८५ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिनुभयो ।  १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि  शनिबार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसक्नुभएपछि आइतबार पुनः मतदान भएको थियो ।

पहिलो निर्वाचनमा  बानियाँले ९९२ मत प्राप्त गर्नुभएको थियो भने केसीले ८७७ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसको विधानमा कुनै पनि उम्मेदवारले कूल खसेका मतमा ५१  प्रतिशतभन्दा कम प्राप्त गरेमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान  छ । 

आइतबार मतदान हुनुअघि सभापतिका अर्का  उम्मेदवार भीमसेनदास प्रधानले आफ्नो समर्थन नेता बानियाँलाई रहेको घोषणा गर्नुभएको थियो ।

यसैगरी  नेपाली कांग्रेसको प्रथम प्रदेश नं १  अधिवेशनबाट सभापति पदमा नेता कृष्ण सिटाैला निकट एवं शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बन्नु भएका उद्धव थापा निर्वाचित हुनु भएको छ । शनिबार भएको निर्वाचनबाट उहाँले ८४४ मत प्राप्त गर्नु भएको थियो । उहाँका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४० मत प्राप्त गर्नुभएको थियो ।
 
यसैगरी, उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी हुनुभएको कांग्रेस मोरङले जनाएको छ । अन्य पदको मतगणना जारीे छ ।

यो जितसँगै देउवा पक्ष प्रदेश अधिवेशनमा निक बलियो स्थानमा पुगेको छ । हालसम्म देउवा प्यानलले प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सभापति सहितका पदहरूमा विजय हासिल गरेको छ । रामचन्द्र पौडेल पक्षले भने गण्डकी प्रदेशमा मात्र विजय हासिल गरेको छ ।