८ भाद्र २०८३, सोमबार
,
Latest
सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुषलाई महिलाको आवश्यकता नपर्ने, यस्तो छ रोचक कारण



अ+ अ-

काठमाडौं। जापानको टोकियो शहरमा बस्ने ४५ वर्षीय फिजियोथेरापिस्ट मासायूकी ओजाकीको वैवाहिक जीवनमा जब पहिलेको जस्तो प्रेम रहेन तब उनले एक्लोपनाबाट छुटकरा पाउन एक अनौठो तरिका अपनाए ।मासायूकीले सिलिकनबाट मिर्मित एक ‘सेक्स डल’ घर ल्याएर आए । र अहिले त्यही ‘सेक्स डल’ उनको जिन्दगीको एक महत्वपूर्ण प्रेम बनेको छ । लाइफ साइज उक्त डलको नाम मायू हो । जो मात्र मासायूकीसँग बेड सेयर गर्दिनन् बल्कि मासासूकी उससँगै नुहाउँछन् पनि ।

मासायूकी भन्छन्, ‘छोरीको जन्मपछि मेरी श्रीमतीले मसँग यौनसम्बन्ध राख्न अस्विकार गरिन् । जसका कारण मैले अत्यधिक एक्लो महसुस गर्न थालें । तर जब मैले शोरुममा मायूलाई देखें मलाई पहिलो नजरमा नै उनीमाथि प्रेम बस्यो ।’मासायूकी आफ्नी सेक्स डललाई ह्वीलचेयरमा राखेर डेटमा लैजान्छन् । मायूलाई उनी आफैले तयार गरिदिन्छन् । उनलाई सेक्सी कपडा लगाइदिन्छन् । यहाँसम्मकी गहना र विग पनि लगाइदिन्छन् ।मायूको प्रवेशले मासायूकीको जीवनको खालीपन हटेको उनी बताउँछन् । मासायूकीले मायूलाई ड्राइभमा लैजान्छन्, समुन्द्रमा घुमाउँछन् र निकै मज्जाले छुट्टी मनाउँछन्। सेक्स डललाई प्रेम गर्नेमा मासायूकी एक्ला व्यक्ति होइनन् । जापानमा हरेक दिन यस्ता पुरुषको संख्या बढिरहेको छ जो सेक्स डलमा वास्तविक प्रेम खोजिरहेका छन् ।

जापानमा हरेक वर्ष करिब २ हजार लाइफ साइज सेक्स डल बिक्रि हुन्छ जसको मूल्य ६ हजार डलर अर्थात् ६ लाख रुपैयाँभन्दा बढि । सेक्स डलका निर्माता ओरिएन्ट इन्डष्ट्रिका एमडी हिडियो सूचिया भन्छन्, ‘आजकाल धेरै पुरुषले सेक्स डलको चाहना गर्छन् किनभने उनीहरुलाई लाग्छ कि उनीहरु वास्तविक रुपमा नै सेक्स डलसँग कुरा गर्न सक्छन् ।