१३ असार २०८३, शनिबार
,
Latest
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

आङ सान सुकीलाई चार वर्षको जेल सजाय



अ+ अ-

म्यान्मारकी अपदस्त नेता आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाइएको छ । उहाँ विरुद्ध चलिरहेका कयौँ मुद्दामा उहाँले पाउनुभएको यो पहिलो सजाय हो ।

उहाँमाथि मानिसहरुलाई भड्काएको र प्राकृतिक आपत्कालीन कानूनअन्तर्गत कोभिड–१९ नियमहरुको उल्लङ्घन गरेको दोषी ठहर गरेको छ । सु कीमाथि ११ वटा आरोप लगाइएको छ र उहाँले सबै आरोपलाई अस्वीकार गर्नुभएको थियो ।

फेब्रुअरीमा सैनिक विद्रोह हुनुअघि ७६ वर्षीया सुकीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरिरहनुभएको थियो । 

सेनाले गत वर्ष भएको आम निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै सत्ता कब्जा गरेको थियो । सो निर्वाचनामा सु कीको एनएलडी पार्टीले ठूलो जित हासिल गरेको थियो । 

सेनाले सत्ता हातमा लिएलगत्तै सु की घरमै नजरबन्दमा हुनुहुन्छ र उहाँमाथि भ्रष्टाचार, आधिकारिक गोप्य कानूनको उल्लङ्घ तथा जनतालाई भड्काएको आरोप लगाइएको छ ।