१३ असार २०८३, शनिबार
,
Latest
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा न्यूजील्यान्ड ३७२ रनले पराजित



अ+ अ-

भारतले मुम्बई टेस्ट क्रिकेटमा न्यूजील्यान्डलाई ३७२ रनले पराजित गरेको छ । यो जितसँगै भारतले दुई खेलको शृंखला कब्जा गरेको छ । कानपुरमा भएको पहिलो टेस्ट भने बराबरीमा टुंगिएको थियो ।

भारतले न्यूजील्यान्ड समक्ष ५४० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । तर न्यूजील्यान्ड १६७ रनमै अलआउट भएको थियो । न्यूजील्यान्डले पहिलो इनिङमा पनि ६२ रन मात्र बनाएर फितलो खेल प्रदर्शन गरेको थियो ।

न्यूजील्यान्डलाई सस्तैमा समेट्ने क्रममा भारतीय स्पिनर रविचन्द्रन अश्विन र जयन्त यादवले ४–४ विकेट लिएका थिए ।

अब भारतले दक्षिण अफ्रिकाको भ्रमण गर्नेछ ।

मुम्बई टेस्टको स्कोरबोर्ड

भारत : ३२५ रन, २७६/७ (पारि समाप्तीको घोषणा)

न्यूजील्यान्ड : ६२ रन, १६७ रन