१३ असार २०८३, शनिबार
,
Latest
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो गठबन्धन राष्ट्रिय सभा चुनावसम्म हो, त्यसपछिको टुंगो छैनः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताउनुभएको छ । 

सोमबार बिहान आफ्नो सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने या नरहने भन्ने विषयमा छलफल नभएको बताउनुभएको हो । 

‘अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो । त्योभन्दा पछिसम्म लाने वा नलाने भन्नेबारे छलफल भएको छैन ।’ उहाँले भन्नुभयो । 

फरक प्रसंगमा देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने समेत बताउनुभयो । पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न आफू इच्छुक रहेको उहाँले बताउनुभयो । आफू अन्तिम पटक सभापति बन्न चाहेको पनि बताउनुभयो ।