१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरु बेला राजाको गुणगान गाउने अनि हारेपछि चाहिँ आरोप लगाउन मिल्छ ?



अ+ अ-

काठमाडौं । निर्मल निवासको नाङ्गो हस्तक्षेपका कारण आफू पराजित भएको भन्दै राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेपछि थापाको चर्को आलोचना भयो । पार्टी कार्यालयमा पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले भने थापाको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण कुरा भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘यो एकदमै दुर्भाग्यपूर्ण कुरा हो । यसले महाधिवेशन प्रतिनिधिहरूप्रति अविश्वास भएको छ । उहाँहरूले गरेको निर्णयको अपमान भएको छ ।’

पूर्वराजा शाहका सम्वाद सचिव फणीराज पाठकले पनि थापाको टिप्पणीप्रति असन्तुष्टि जनाउनु भएको छ । न्यूजपोलारसँग पाठकले भन्नुभयो, ‘राजाको चासो देश र जनताप्रति छ। कुनै पार्टी र त्यसका नेताप्रति कुनै चासो छैन र हस्तक्षेप पनि हुँदैन। अरु बेला राजाको गुणगान गाउने अनि हारेपछि चाहिँ आरोप लगाउन मिल्छ ?’ पाठकले भन्नुभयो, ‘बरु पछिल्लो समय राजनीतिक दललाई नै राजाको आवश्यक्ता परेको महसुस हुन थालेको छ। कुनै दलका शिर्ष नेतालाई होला, कुनै दलका तल्लो तहका नेता र कार्यकर्तालाई होला। तर, देशमा राजाको आवश्यक्ता रहेको अधिकांश पार्टीहरुमा स्वीकार हुन थालेको विषय हो।’

निर्वानमा पराजित भएलगत्तै थापाले ट्वीटरमा पूर्वराजा शाहलाई मेन्सन गर्दै पोष्ट गर्नुभएको थियो । ‘प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’ सम्वाद सचिव पाठकका अनुसार पूर्वराजाले कुनै पनि सामाजिक सञ्जाल चलाउनुहुन्न र उहाँको नाममा एकाउन्ट पनि छैन ।