१४ आश्विन २०८१, सोमबार
,
Latest
कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि



अ+ अ-

काठमाडौँ  । घातक मानिएको कोरोनाको ओमिक्रोन भेरियन्टबाट  संक्रमित नेपालमा पनि भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 

त्यसबारे जानकारी दिन मन्त्रालयलले अहिले पत्रकार सम्मेलन गरिरहेको छ ।

मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको हो । 

उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको बताइएको छ ।

यस्तै, मन्त्रालयले उनीहरूसँग सम्पर्कमा आउने सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको बताएको छ ।