८ भाद्र २०८३, सोमबार
,
Latest
सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसा कसरी बचाउने ? यस्तो छ तथ्य



अ+ अ-

काठमाडौं । धन कमाउनुको मुख्य उद्देश्य खर्च गर्नु नै हो । तर आवश्यकता भन्दा बढी खर्च गर्नु जीवनको लागि हानिकारक हुनजान्छ । आफूले कमाउनुको धनलाई उचित तरिकाले प्रयोग गर्नुभयो भने जीवन सुखमय हुन्छ । तपाईंको हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन् ।१० तपाईंको कमाई कम तर खर्च ज्यादा हुन्छ भने तपाईंलाई महिनाको अन्त्यमा साथीबाट ऋण लिने बाध्यता हुन्छ । त्यसैले आफ्नो खर्चको मनिटरिङ गर्न सुरु गर्नुहोस् । तपाईं आवश्यकता अनुसार मात्रै खर्च गर्नुहोस् ।

२० जुन चिज तपाईं चहानुहुन्छ, त्यसको लिस्ट बनाउनुहोस् । यस प्रकारले तपाईंको खर्च म्यानेज गर्न सहयोग पुग्छ ।३० कुनै पनि नयाँ कामको शूरुवात गर्नको लागि धनको जरुरत पर्छ तर तपाईं अक्सर राम्रो महुर्तको आसमा काम शूरु गर्नुहोस् ।

यसो गर्नुभएन भने तपाईंको काम अड्काउन सक्छ, वा पैसा पनि धेरै खर्च हुनसक्छ । त्यसैले आफूसँग पैसा हुनेबित्तिकै तपाईं लगानी गर्नुहोस् ।४० एक अर्कालाई देखाउनको लागि वा आकर्षक देखिने प्रयोजनमा हुने खर्चलाई नियन्त्रण गर्न पाउनुभएन भने वा सुविधा सम्पन्न जीवन जिउनको लागि तपाईंले कर्जा लिने आदतबाट बच्नुहोस् । घर वा बच्चाको पढाईको लागि कर्जा लिनुभयो भने उचित हुन्छ ।

५० कयौं व्यक्तिहरु बिना जानकारी शेयरबजारमा पैसा लगानी गर्छन् । यसले उसलाई नोक्सानको समेत बेहोर्नुपर्छ । तपार्ईं पनि बिना जानकारी यसरी पैसा खर्च नगर्नुहोस् । यो कदापी लगानी हुन सक्दैन । यो बाट बाच्नुहोस् ।६० यो पक्कै गर्नुहोस् हरेक महिना कमाउनुभएको धनका केही रकमको हिस्सा बचत गर्नुहास् । कोशिस गरेपछि तपाईंलाई बचत गर्ने बानी बस्नेछ ।

७० तपाईं व्यापारमा हुनुहुन्छ भने रिक्स लिन नडराउनुहोस् । कुनै समय रिक्स नलिनुपनि रिक्स साबित हुन सक्छ । त्यसैले परिस्थितिको राम्रो विश्लेषण गर्नुहोस् र तपाईंलाई लगानी गर्न ढुक्क बनाउनेछ ।

८० क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छभने, आफ्नो बिलको ड्यु मिति भन्दा पछि तिर्नुहुन्छ भने यो आदतबाट बच्नुहोस् । समयमा ड्यू तिर्नु र फजुुल खर्च गर्नबाट बच्नुहोस् ।९० चुरोट, राक्सी या अन्य नसालु पदार्थ सेवनको लत छ भने जरुर पैसा खर्च हुन्छ । यसले तपाईंको स्वास्थ्यमा पनि असर पर्छ । त्यसैले नशालु पदार्थमा पैसा खर्च गर्नको सट्टा बचत गर्नुहोस् । जुन तपाईंको भविष्यको आवश्यकतामा काम आउनेछ ।