१४ आश्विन २०८१, सोमबार
,
Latest
कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न



अ+ अ-

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजनामा चितवन जिल्लाको माडी नगरपालिका वडा नम्बर ३ मा रहेको माडि माध्यामिक  विद्यालयमा आज भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, सुशासन , भ्रष्टाचारको कारण, असर भ्रष्टाचार नियन्त्रणमा विद्यार्थी शिक्षक तथा शैक्षिक क्षेत्रको भूमिकाको सम्बन्धमा जानकारी दिइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार विरुद्ध विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने रणनीति अनुसार चितवन जिल्लाको माडी क्षेत्रमा कार्यरत नागरिक समाज, शिक्षक, अभिभावक, विद्यार्थी र अन्य संघ संस्थालाई भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्बन्धी सचेतना र शिक्षा प्रदान गर्ने, आयोगको काम कारबाहीको बारेमा सहभागीहरूलाई जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

विद्यालयका करिब १०० जना विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थितिमा सम्पन्न कार्यक्रममा अख्तियार अनुसन्धान दुरुपयोग आयोगको कार्यालय हेटौंडाका कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उपसचिव विष्णु सापकोटाले भ्रष्टाचार नियन्त्रणमा शैक्षिक संस्था तथा नागरिक समाजको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यालयका शाखा अधिकृत नर बहादुर आलेले भ्रष्टाचारको सैद्धान्तिक पक्ष र आयोगका काम कारबाहीको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा माडि नगरपालिकाका वडाध्यक्ष पुरन महतोले कार्यक्रममा मन्तव्य राख्दै भ्रष्टाचार नियन्त्रण सम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम निकै उपयोगी हुने हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्ता प्रवर्द्धनात्मक कार्यक्रमको संख्यालाई थप गर्दै जानु पर्ने बताउनु भयो । कार्यक्रममा विद्यालयका  विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय भद्र भलादमी, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरू समेत गरी ८९ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथिहरुले भ्रष्टाचार न्यूनिकरणका लागि यस्ता खालका सचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्ने तथा भ्रष्टाचारलाई जैरेदेखि निमुल पार्न सबैले पहल गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।

यसै गरी सहभागि विद्यार्थी मध्येबाट कक्षा १० का छात्रा करुणा विक  र सोही कक्षाका विद्यार्थी शिव सुवेदीले बाल मष्तिष्कमा भ्रष्टचारको बारेमा अन्योलको अवस्थालाई यस कार्यक्रमले  स्पष्ट पारेको बताउँदै कार्यक्रमका आयोजकलाई धन्यवाद दिँदै यस्ता खालका कार्यक्रमहरूले निरन्तरता पाउनु पर्ने बताउनुभएको थियो ।