१४ आश्विन २०८१, सोमबार
,
Latest
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए धितोपत्र बजार: कारोबार तीन महिनायताकै न्यून पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस २० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारको आरोपमा मुद्दा दायर



अ+ अ-

काठमाडौँ । भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता विरुद्ध आज विशेष अदालतमा मद्दा दायर गरेको छ ।
 
आयोगले पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि दमाइँ, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंह बिरुद्ध रु १८ लाख ७७ हजार बराबरको बिगो भराउन माग गर्दै मुद्दा दायर गरेको हो । 

सोही उपभोक्ता समितिका सदस्य रणबहादुर बडुवाल विरुद्ध रु पाँच लाख ५० हजार र अर्का सदस्य भरतबहादुर बशाही विरुद्ध रु एक लाख ५० हजार, सो वन समूहका उपभोक्ता प्रेमबहादुर सिञ्जापति विरुद्ध पनि रु आठ लाख ८७ हजार बराबरको बिगो भराउन माग गरिएको छ । 

यसैगरी उपभोक्ता हस्तनादेवी शाही विरुद्ध रु एक लाख १५ हजार र अशोक सिंह विरुद्ध रु २५ हजार बराबरको बिगो माग गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । 

सेवाग्राहीसँग रु आठ हजार घुस लिएको अभियोगमा वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौँमा कार्यरत नायब सुब्बा दुर्गाप्रसाद पोखरेल विरुद्ध पनि आयोगले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालय परिसरमा रहेको फोटोकपी सञ्चालकसँगको मिलेमतोमा नायब सुब्बा पोखरेलले घुस लिएको आरोप लागेको छ । रासस