२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारको आरोपमा मुद्दा दायर



अ+ अ-

काठमाडौँ । भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता विरुद्ध आज विशेष अदालतमा मद्दा दायर गरेको छ ।
 
आयोगले पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि दमाइँ, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंह बिरुद्ध रु १८ लाख ७७ हजार बराबरको बिगो भराउन माग गर्दै मुद्दा दायर गरेको हो । 

सोही उपभोक्ता समितिका सदस्य रणबहादुर बडुवाल विरुद्ध रु पाँच लाख ५० हजार र अर्का सदस्य भरतबहादुर बशाही विरुद्ध रु एक लाख ५० हजार, सो वन समूहका उपभोक्ता प्रेमबहादुर सिञ्जापति विरुद्ध पनि रु आठ लाख ८७ हजार बराबरको बिगो भराउन माग गरिएको छ । 

यसैगरी उपभोक्ता हस्तनादेवी शाही विरुद्ध रु एक लाख १५ हजार र अशोक सिंह विरुद्ध रु २५ हजार बराबरको बिगो माग गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । 

सेवाग्राहीसँग रु आठ हजार घुस लिएको अभियोगमा वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौँमा कार्यरत नायब सुब्बा दुर्गाप्रसाद पोखरेल विरुद्ध पनि आयोगले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालय परिसरमा रहेको फोटोकपी सञ्चालकसँगको मिलेमतोमा नायब सुब्बा पोखरेलले घुस लिएको आरोप लागेको छ । रासस