२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरिल्लासँगको भाइरल सेल्फी !



अ+ अ-

एकजना वनरक्षकले दुईजना गोरिल्लासँग लिएको सेल्फी अहिले सोसल मिडियामा खुबै भाइरल बनिरहेको छ ।

फोटोमा सेल्फीका लागि गोरिल्लाले निकै गज्जबको पोज दिएको देखिन्छ ।

रेन्जर अधिकारीहरुले ती गोरिल्लाहरु बच्चा छँदाको अवस्थामा उद्धार गरी बँचाएका थिए । गोरिल्लाका माउहरुलाई सिकारीले मारेपछि असहाय बनेका बच्चालाई उद्धारकर्मीले उद्धार गरेका थिए ।

कंगोको विरुंगा नेशनल पार्कमा खिचिएको हो, त्यो सेल्फी । निकुञ्जका उप–निर्देशकका अनुसार यी गोरिल्ला अहिले यति बाठा भइसकेका छन् कि आफूलाई स्याहार सुसार गर्ने र हेरचाह गर्ने पार्कका कर्मचारीको नक्कल सिकिसकेका छन् ।

वनरक्षक कर्मचारीहरुलाई यी गोरिल्लाले आफ्नै अभिभावकजस्तो ठान्न थालिसकेका छन् ।

उप–निर्देशक इन्नोसेन्ट मब्यूरनम्बेका अनुसार, यी गोरिल्लाका माउको सन् २००७ मा हत्या भएको थियो । त्यस समयमा यी गोरिल्ला केवल २ र ४ महिनाका थिए ।

जंगलमा असहाय बनेका ती गोरिल्लाका बच्चालाई वन रक्षकहरुले उद्धार गरेर ल्याए र संरक्षण केन्द्रमा हुर्काइयो ।

मान्छेसँगै हुर्र्किएका यी गोरिल्लाहरुले मान्छेकै नक्कल गर्नसक्ने भएका छन् । मान्छेले जस्तै दुबै खुट्टाले टेकेर ठाडो उभिने तथा हाउभाउ समेत देखाउने गर्दछन् । यसै क्रममा हालै एकजना रेन्जरसँग गोरिल्लाले लिएको विल्फी निकै भाइरल बनिरहेको हो ।

सिएनएन