१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी लिने वा नलिने अमेरिकालाई प्रष्टसँग भन्नुपर्छः प्रस्तावित राजदुत खत्री



अ+ अ-

काठमाडौं । अमेरिकाका लागि प्रस्तावित राजदुत श्रीधर खत्रीले एमसीसी लिने वा नलिने अमेरिकालाई प्रष्टसँग भन्नुपर्ने बताउनु भएको छ । 

सोमबार संसदीय सुनुवाईका क्रममा प्रस्तावित राजदुत खत्रीले एमसीसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरुले भ्रम फैल्याउने काम गरेको दावी समेत गर्नु भयो । उहाँले सो सम्झौंतालाई इन्डो–प्योसेफिक स्ट्राटिजीसँग जोडेर हेर्न नहुने बताउनु भयो । प्रस्तावित राजदुत खत्रीले एमसीसी अनुदान भएको र ऋण तिर्नु नपर्ने स्पष्ट पार्नु भयो । यो सम्झौंता दुई मुलुकबीचको पार्टनरसिपमा अगाडि बढने उहाँको बुझाई थियो । 

प्रस्तावित राजदुत खत्रीले भन्नु भयो, ‘यो इन्डो प्यासेफिक स्ट्राटिजी र एमसीसीलाई मिसाएर हेर्ने धेरैजसो कारणले नेपालमा म बुझ्दछु । यो धारणा केही हदसम्म गलत पनि हो । केही हदसम्म चाँही यो धारणा नेपाल पटीबाट पनि अमेरिकाबाट पनि गल्ती भयो भन्ने अर्को धारणा जस्तो लाग्छ । एउटा नेपालतिरबाट गल्ती भएको मैले के देखेको छु भने–यो अनुदान हो, ऋण तिर्नु पर्दैन । तर पार्लियामेन्टबाट पास हुनुपर्छ । यसो हो भने बिआरआई पनि पार्लियामेन्टबाटै पास गर्नुपर्ने हुन्छ । दुई साईटबाटै भ्रम फैलिएकोजस्तो देखिन्छ । मैले के देख्नु भने– लिने हो भने पनि प्रष्ट भने हुन्छ । नलिने हो भने पनि प्रष्ट भने हुन्छ ।’

प्रस्तावित राजदुत खत्रीले संसदीय समितिलाई अमेरिकाले एमसीसीबारे पछिल्लो पटक प्रष्ट पारेको पनि बताउनु भयो ।