१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

लाइसेन्सको बीचमा ५ सयको नोट च्यापेर ट्राफिकलाई दिएपछि….

लाइसेन्सको बीचमा ५ सयको नोट च्यापेर ट्राफिकलाई दिएपछि….
अ अ+ अ-

काठमाडौं । ‘दुई जना चालक छन् ?’

भीमदत्त राजमार्गको बुडर सडक खण्डको धारापानी नजिक गस्तीमा रहेका ट्राफिक प्रहरीले सोधेपछि बसका सहायकले दुईवटा लाइसेन्सको बीचमा ५ सयको नोट च्यापेर दिए । मुसुक्क हाँसेर ट्राफिकले इन्ट्री गरे । गाडीका कागजपत्र र लाइसेन्ससमेत नहेरी फर्काए । त्यसपछि शुरु भयो दार्चुलादेखि राजधानीसम्मको करिब १ हजार किलोमिटरको बस यात्रा ।

केहीअघि डडेलधुराको स्याउले ट्राफिक पोस्टमा इन्ट्री गर्दा २२ यात्रुमात्र रहेको बताइयो । त्यहाँबाट ३ किलोमिटर दुरीमा रहेको सल्लाघारीमा दुर्घटना भयो । उद्धारका क्रममा ५३ यात्रु भेटिए । अझ यात्रुभन्दा ब्यापारिक सामानको भारी भेटियो । धनगढीबाट अछामका लागि हिडेँको उक्त बसले स्याउलेबाहेक अन्य ६ वटा ट्राफिक पोस्ट पार गरिसकेको थियो ।

बुधबार डडेलधुराको साहुखर्ककमा ६ जनाको मृत्यु हुने गरी भएको दुर्घटनामा परेको बसले पनि ५ वटा ट्राफिक प्रहरी पोस्ट पार गरेको थियो । ३२ यात्रु बोक्ने क्षमता भएको उक्त बसमा पनि ५० यात्रु र ८० क्विन्टलभन्दा बढी ब्यापारिक सामानको लोृड थियो । शुक्रबार महेन्द्रनगरबाट बैतडीका लागि छुटेको यात्रुवाहक बस डोटीको रुपसकाँडामा दुर्घटना भयो । १३ जना घाइते भए । उक्त बसमा पनि क्षमताभन्दा बढी सामान र यात्रु रहेको प्रहरीले जनाएको छ ।

नियमनकारी निकाय, यातायात व्यवसायी र सवारी साधन सञ्चालन गर्ने कर्मचारीको लापरबाहीका कारण भीमदत्त राममार्गमा औसतमा दैनिक २ वटा सवारी दुर्घटना हुने गरेको छ । पछिल्लो साता औसमतमा हरेक साता ५ जनाको मृत्यु हुने गरेको छ ।, आजको कान्तिपुर दैनिकमा समाचार छ ।