१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता पनि जनप्रतिनिधी ! गाउँमा विवाह हुँदा विद्यालय बन्दको सिफारिस गर्छन्



अ+ अ-

धनुषा। नगराइन नगरपालिका–७, देबडिहास्थित राष्ट्रिय निम्न माविले वडाध्यक्ष रामदुलार मुखियाको सिफारिसमा बैशाख १३ र १४ गते बिदा दिएको हो। नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै जन्ती राख्नैका लागि ६ दिन विद्यालय बन्द भइसकेको छ । यसअघि वैशाख ३ र ४ तथा ११ र १२ गते बिदा दिइएको थियो।

तीनै पटक वडाध्यक्षको लिखित सिफारिसमा बिदा दिइएको प्रधानाध्यापक प्रेमलाल पासवानले बताएको कान्तिपुर दैनिकमा खबर छ । ‘गाउँमा छोरीको विवाह हुँदा स्थानीयले विद्यालयमै जन्ती राख्ने गरेका छन्,’ पासवानले भने।कक्षा ८ सम्म पढाइ हुने यो विद्यालय नगराइन नगरपालिकाको ७ र ८ वडाको बीचमा पर्छ । दुवै वडाका स्थानीयले वडाध्यक्ष मुखियाको सिफारिस ल्याउने गरेको पासवानले बताए।

शिक्षक बिल्टु मण्डलका अनुसार जन्ती राख्न विद्यालयले नमानेपछि स्थानीयले वडाध्यक्षको लिखित सिफारिस ल्याएका हुन् । जन्ती राख्दा पटक–पटक विद्यालय बन्द गर्नुपरेको उनले बताए।‘जन्तीले विद्यालय परिसरमै मदिरा सेवन गरेर खाली बोतल फाल्ने, खाजाका प्याकेट, चिया गिलास, पराललगायत फोहोर फाल्छन्,’ उनले भने, ‘जथाभावी शौचसमेत गरिदिन्छन्।’