६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायधीश हटाउन सहयोग माग्दै बार टोली, ओली निवास बालकोट जाँदै



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीशको चोलेन्द्र शमशेर जबरालाई सडकबाटै हटाउने अभियानका साथ आन्दोलनमा उत्रिएको नेपाल बारले राजनीतिक दलको सहयोग खोज्ने क्रमलाई निरन्तरता दिएको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपाल सहित अन्यदलका शिर्षनेतालाई भेटेका बारका पदाधिकारीहरुले आज १२ः३० बजे एमाले अध्यक्ष केपी ओलीसंग भेट गर्दै छन् ।

बारका महासचिव लिलामणी पौडेलले न्यूजपोलारसंग भन्नुभयो, 'न्यायलयभित्रको समस्याका बारेमा प्रमुख प्रतिपक्षदलका नेता ओलीलाई १२ः३० बजे भेट्दैछौँ । अहिलेसम्मको अवस्थाका बारेमा जानकारी गराउछौँ ।' यस अघि बारसंगको भेटमा प्रधानमन्त्री देउवाले राणालाई हटाउने बारे कुनै ठोस र सकारात्मक जवाफ नदिएपछि बारको टोली अलमलमा परेको थियो ।

उता दाहाल र नेपालले भने राणालाई हटाउन आफूहरुले सहयोग गर्ने बचन दिएका थिए । महाअभियोग बाहेक अन्य बिकल्पबाट राणा हटाउन नसक्ने अवस्था भएपछि संसदको सहयोग खोज्दै बार टोली ओलीकोमा पुग्न लागेको हो । न्यायलयको विषयमा एमाले अध्यक्ष ओलीले प्रधानन्यायधीशले मात्र राजीनामा दिएर समस्याको समाधान नहुने भन्दै परामादेश जारी गर्ने पाँच न्यायधीशले नै राजीनामा दिनुपर्ने दृष्टिकोण राख्दै आउनु भएको छ ।