१४ आश्विन २०८१, सोमबार
,
Latest
महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए धितोपत्र बजार: कारोबार तीन महिनायताकै न्यून पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय शैय्याको अस्पताल हुनेले नर्सिङ् पढाउन पाउनेः मन्त्री पौडेल



अ+ अ-

चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एकसय शैय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ्  पढाउन पाउने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताउनुभएको हो ।

आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा  आफ्नै स्वामित्वमा रहेका कलेजले  एकसय शैय्याको अस्पताल बनाउन  पाउने उल्लेख गरिएको छ भन्दै उहाँले भन्नुभयो, “मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउछन् । अन्यको हकमा भने छलफल भइरहेको छ । ” 

मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शैय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको मन्त्री पौडेलको भनाइ थियो ।पिसिएल नर्सिङ्को  अध्ययन विसं २०८० बाट खारेज गर्ने भनिएकाले  अब यसलाई सञ्चालन गर्न नसकिने जानकारी दिनुभयो ।