२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘छ माया छपक्कै’ फिल्मको औपचारिक घोषणा, दीपकको जोडी केकी !



अ+ अ-

सोमबार होटल सोल्टीमा ‘छ माया छपक्कै’ फिल्मको औपचारिक घोषणा गरिएको छ । दीपेन्द्र लामाको निर्देशन रहने फिल्म यसपटक नायिका प्रियंका कार्कीको ठाउँ केकी अधिकारीले ओगट्ने बताएका छन् । दीपकराज गिरीको जोडी रुपमा केकीलाई देख्न पाइनेछ भने केदार घिमिरे र जितु नेपाल पनि मुख्य भूमिका रहने कार्यक्रममा बताइएको छ ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आइएमईको प्रस्तुतीमा निर्माण हुने फिल्ममा रोहित अधिकारीको एकल लगानी रहनेछ । शहरमा हुर्किएकी एक युवती र सोझो केटाको कथा रहेको फिल्मको दीपाश्री निरौला निर्देशन सल्लाहकार रहेकी छन् ।

रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्म जेठ पहिलो साताबाट छायांकन सुरु हुनेछ । फिल्मलाई हरि हुमागाइँले खिच्नेछन् ।

निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराज, संवादमा दीपक, केदार, जितु र अभिमन्यू निरबीको रहेको छ ।




भर्खरै