२१ भाद्र २०८३, आईतवार
,
Latest
बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण



अ+ अ-

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठ र उहाँको समूहले नुवाकोटको विदुर नगरपालिका-१० स्थित सुन्दरी केउरेनी माध्यामिक विद्यालयमा आश्रय लिइरहेका बेत्रावती, ढुङ्गे, त्रिशूली र भैँसे क्षेत्रका बाढीपीडित ७० पारिवारलाई ‘स्लिपिङ ब्याग’ (सुत्ने झोला) र ज्याकेट वितरण गर्नुभएको हो ।

त्यस्तै विदुर नगरपलिका महामण्डलमा आश्रय लिइरहेका करिब १०० परिवारलाई ज्याकेट वितरण गरिएको सो समूहका सदस्य कृष्णमान प्रधानले राससलाई जानकारी दिनुभयो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भोटेकोशीको बाढीबाट प्रभावित त्रिशूली, बट्टार र देवीघाट क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको थियो । त्यसक्रममा उहाँले कसैले कल्पना नगरेको बाढी सो क्षेत्रमा देखिएकाले यसलाई खतराका रूपमा लिएर आवश्यक पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो ।