२१ भाद्र २०८३, आईतवार
,
Latest
मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट



अ+ अ-

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले वास्तविक मुक्त हलियाको समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

कैलालीको धनगढीमा आज आयोजित १८औँ मुक्त हलिया दिवसका अवसरमा ‘मुक्त हलियाहरूको दिगो र न्यायोचित पुनस्र्थापनाका सन्दर्भमा सरोकारवालाबीच प्रदेशस्तरीय संवाद’ कार्यक्रममा मुख्यमन्त्री भट्टले मुक्त हलियाको पुनस्र्थापनालाई राहत वितरणमा मात्र सीमित नगरी दीर्घकालीन समाधानतर्फ अघि बढाउनुपर्ने बताउनुभयो ।

वास्तविक पीडित मुक्त हलियाका समस्या र मागप्रति प्रदेश सरकार गम्भीर तथा जवाफदेही रहेको उल्लेख गर्दै उहाँले उनीहरूको पीडाप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको बताउनुभयो । मुख्यमन्त्री भट्टले लामो समयदेखि हलिया समस्या समाधान हुन नसक्नुको कारणबारे गम्भीर समीक्षा गरी आगामी दिनमा ठोस योजना र परिणाममुखी कार्यक्रमका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

समस्या समाधान हुन नसक्नुमा राज्य पक्ष वा सम्बन्धित सङ्घसंस्थामध्ये कसको कमजोरी रह्यो भन्ने विषयमा समेत समीक्षा आवश्यक रहेको उहाँको भनाइ थियो ।

“समस्या समाधानका लागि विगतको समीक्षा गर्दै कमजोरी पहिचान गर्नुपर्छ । त्यसबाट निष्कर्ष निकालेर मुक्त हलियाका समस्या समाधानतर्फ ठोस रूपमा अघि बढ्नुपर्छ”, मुख्यमन्त्री भट्टले भन्नुभयो, “मुक्त हलियाको दिगो पुनस्र्थापनाका लागि आवास, शिक्षा, रोजगारी, जीविकोपार्जन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।”

मुक्त हलियाको आर्थिक तथा सामाजिक अवस्था सुधार हुने गरी पुनस्र्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार, स्थानीय तह, सम्बन्धित सङ्घसंस्था र समुदायबीच सहकार्य आवश्यक रहेको मुख्यमन्त्री भट्टले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमनबहादुर भण्डारी, आर्थिक मामिला राज्यमन्त्री जानकी ऐर बम, भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी कुँवरलगायतको सहभागिता रहेको थियो ।