२१ भाद्र २०८३, आईतवार
,
Latest
नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’अन्तर्गत आज सम्पन्न खेलमा साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो । साउदी अरेबियाले दिएको एक सय ९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि गुलशनकुमार झाले अविजित ४४, ईशान पाण्डेले ४४, देव खनालले ३९, रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए । बलिङतर्फ साउदी अरेबियाका लागि इश्ताक अहमद र मुहम्मद आतिफले दुई दुई विकेट लिए । त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको साउदी अरेबियाले ४९.२ ओभरमा सवै विकेट गुमाएर एक सय ९० रन बनायो ।

साउदी अरेबियाका लागि अब्दुल वाहीदले ८९ बलमा १० चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ७७ रन बनाए । यस्तै मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन बनाए । बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन तीन, ललितनारायण राजवंशीले दुई तथा गुलशनकुमार झा र शेर मल्लले एक एक विकेट लिए ।

जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेट तथा दोस्रो खेलमा आयोजक मलेसियालाई छ विकेटको पराजित गरेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेल मङ्गलबार हङकङसँग खेल्नेछ ।




भर्खरै