५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि मोहन सङ्ग्रामको झोलामा देश (कबिता)



अ+ अ-

झोलामा देश
……….

अत्यन्तै सजग भएर
बर्षौँदेखि
हिडिरहेको छ एउटा मान्छे
झोलामा देश बोकेर
उसलाई डर छ
अलिकति हल्लियो भने
रारा छचल्किन्छ
अलिकति निहुरियो भने
सरगरमाथाले बिझाउँछ
दाहिने गोजीमा राखेको टिस्टा कहाँ हरायोरु
देब्रे गोजीमा राखेको काँगडा कहाँ खस्यो रु
ऊ हरेक पटक फरक फरक जवाफ दिन्छ
घडीले दिने जवाफजस्तो
झोलाबाट निकालेर एक खिल्ली युवाहरु
देशको नक्साजस्तै कागजमा बेर्छ
हात तन्काएर खाडीको आगोमा झोस्छ
हात खुम्च्याएर आँखा चिम्लेर चुस्छ
धुवाँ आफू लिन्छ खरानी झोलामा राख्छ
कहिलेकाहीँ
जब उसलाई थकाइ लाग्छ
झोलालाई अगाडि राखेर
विश्राम लिन्छ मुलायम चौरमा
र झोलामा भगवान्को चारो हालिदिन्छ
झोलाभित्र झगडा हुन्छ
आ(आफ्नो भगवान्को लागि
जब झोलाभित्र
भगवान्को रुची घट्छ
उसले एकमुठ्ठी पुर्खाको हड्डी बटुल्छ
र झोलाभित्र हुर्याउँछ
फेरी घम्साघम्सी हुन्छ झोलाभित्र
आ(आफ्ना पुर्खाहरुको लागि
बेला बेला झोलाभित्र
नाकको उचाइ
आँखाको आयतन
जिब्रोको गति
यस्तै विषयहरूमा झगडा हुन्छ
यो सब देखेर
उसलाई आनन्द महशुस हुन्छ
जस्तो कि
भर्खरै ठूलो युद्ध जितेर
ऊ पिपलको फेदमुनि स्वास लिइरहेको छ
जस्तो कि
बर्षौँपछि भेटिएकी
आफ्नी प्रेमिकाको काखमा
ऊ निदाएको छ
झोलाभित्र गुञ्जिने बन्दुकको ध्वनि
उसलाई गीतजस्तो लाग्छ
झोलाभित्र खेलिने रगतको होली
नाटक सम्झेर हेर्छ
झोलाभित्र सारङ्गी बज्यो भने
उसको कान पाक्छ
झोलाभित्र सेतो परेवा देख्यो भने
उसको सातो जान्छ
कुकुरलाई हड्डी देखाएझैँ
कुनै सुन्दर बस्तु देखाउँछ बाहिरैबाट
झोलाभित्र एकछिन ताली बज्छ
त्यो ध्वनिमा ऊ नाच्न थाल्छ
कहिले झोलाभित्र सानो प्वाल पारिदिन्छ
झोलाको एउटा कुना उज्यालो हुन्छ
अँध्यारोमा परेकाहरूले आन्दोलन गर्छन्
त्यो संगीतमा ऊ निदाउँछ
दक्षिणतिर उत्सव हुँदा
झोला उत्तरतिर फर्काउँछ
उत्तरतिर उत्सव हुँदा
झोला दक्षिणतिर कोल्टाउँछ
दुवैतिर शान्त भयो भने
गोजीबाट कालो चस्मा झिकेर
आँखामा लगाउँछ
सिर ठाडो बनाउँछ
हात माथि उठाउँछ
र मन्द हाँसो हाँस्छ
यसरी
छुट्टाछुट्टै अनुहारमा
फरक फरक हुलियामा
बर्षौँदेखि हिँडिरहेछ एउटा मान्छे
झोलामा देश बोकेर ।

-कवि मोहन सङ्ग्राम