काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको पानी जहाज चढ्ने इच्छा चाँढै पूरा हुने बताएकी छिन् ।
संघीय संसदमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति भण्डारीले नेपालमा पानी जहाज कार्यलय समेत स्थापना भएको बताउदै पानी जहाज चढ्ने दिन नजिकै रहेको बताइन ।
राष्ट्रपति भण्डारीले चाँढै नै विदेशी समुन्द्रमा नेपाली झन्डा अंकित पानी जहाज चल्ने दाबी गरिन ।